जापानमा आम निर्वाचनका लागि मतदान जारी
सारांश
- आइतबार जापानमा तल्लो सदनको लागि मतदान भइरहेको छ, प्रधानमन्त्री ताकाइचीको राजनीतिक भविष्य निर्धारण हुनेछ।
- मतसर्वेक्षणले ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र पपुलिस्ट जापानी इनोभेसन पार्टीको गठबन्धनले जित्ने देखाएको छ।
- हिमपातका कारण उत्तरी र पूर्वी क्षेत्रमा मतदान प्रभावित भएको छ, ताकाइची लोकप्रिय छिन् र युवामाझ उनको राम्रो पकड छ।
टोकियो । जापानमा आइतबार तल्लो सदनका लागि मतदान भइरहेको छ । देशभरमा भारी हिमपातबिच मतदाता मतदान केन्द्रसम्म पुगेर आकस्मिक आमनिर्वाचनमा सहभागी भइरहेका छन् । मतदान प्रधानमन्त्री सनाए ताइचीका लागि जनमत संग्रहको रुपमा हेरिएको छ । यो चुनावले तकाइचीको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।
ताकाइचीले पार्टी नेतृत्व जितेपछि जनादेश लिन भन्दै यो मध्यहिउँदको निर्वाचन आह्वान गरेकी थिइन् । जापानमा यस्तो मौसममा चुनाव भएको यो ३६ वर्षपछि पहिलो पटक हो । मतसर्वेक्षणले ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र पपुलिस्ट जापानी इनोभेसन पार्टीको गठबन्धनले तल्लो सदनका ४६५ मध्ये करिब ३०० सिट जित्न सक्ने देखाएका छन् । भ्रष्टाचार काण्ड र महँगीका कारण अघिल्लो बहुमत गुमाएको एलडीपीका लागि यो ठूलो पुनरागमन मानिएको छ ।
दुई जना कमजोर रेटिङका प्रधानमन्त्रीपछि ताकाइची कर कटौती र अनुदानको वाचा गर्दै लोकप्रिय बनेकी छन् । तर आलोचकहरू उच्च सार्वजनिक ऋणका बीच थप खर्चले अर्थतन्त्र चलायमान बनाउनेमा शंकित छन् । हिमपातका कारण उत्तरी र पूर्वी क्षेत्रमा मतदान प्रभावित भएको छ । ‘जापानकी आइरन लेडी’ बन्ने आकांक्षा राख्ने ताकाइची स्वर्गीय प्रधानमन्त्री सिन्जो आबेको नजिक सहयोगी हुन ।
यिनी कडा सुरक्षा तथा राष्ट्रवादी नीति समर्थक हुन् । परम्परागत पारिवारिक विचार राखे पनि १८–३० वर्षका युवामा उनी अत्यन्त लोकप्रिय छिन् । अक्टोबरदेखि उनको अनुमोदन दर प्रायः ७०५ माथि छ । सामाजिक सञ्जालमा २६ लाख फलोअर भएकी ताकाइचीको अभियान भिडियो १० दिनमै १० करोडभन्दा बढी पटक हेरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण