बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोक मगर संघको नेतृत्वमा जेन्जी युवा

आइतबार, २५ माघ २०८२, ११ : ०६
आइतबार, २५ माघ २०८२

सिन्धुपाल्चोक । नेपाल मगर संघ सिन्धुपाल्चोकको सातौँ जिल्ला अधिवेशनले जेन्जी आन्दोलनका चर्चित अगुवा कमल थापा मगरलाई नयाँ नेतृत्व सुम्पिएको छ। 

चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित आदिवासी जनजाति भवनमा शनिबार सम्पन्न भव्य अधिवेशनले कमलको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो। 

बन्द सत्रका क्रममा अध्यक्ष पदका लागि ४ जना आकांक्षीले दाबेदारी प्रस्तुत गरे पनि स्थानीय प्रतिनिधिहरूको ठूलो हिस्सा र बहुमतको समर्थन कमल थापा मगरको पक्षमा उभिएपछि उनी अध्यक्ष चुनिएका हुन्। जिल्लाभरका स्थानीय समितिहरूबाट आएका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको सो अधिवेशनले संगठन सुदृढीकरण र मगर समुदायको सामाजिक एकतालाई मुख्य एजेन्डा बनाएको छ। 

विशेषगरी युवा नेतृत्व विकास र नयाँ पुस्ताको भूमिकालाई संस्थागत रूपमा अगाडि बढाउने विषयमा अधिवेशनमा घनीभूत छलफल भएको थियो। नयाँ जिम्मेवारी सम्हालेपछि नवनिर्वाचित अध्यक्ष कमल थापा मगरले मगर समुदायको पहिचान र अधिकारका लागि आफ्नो कार्यकाल समर्पित गर्ने अठोट व्यक्त गरेका छन्। 

उनले युवाहरूको सक्रिय सहभागितालाई केन्द्रमा राख्दै संगठनलाई पहिलेभन्दा थप सशक्त र जुझारु बनाउने प्रतिबद्धता समेत जनाए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप