चुनावमा राप्रपा बलियो नभए जेनजी विद्रोहभन्दा ठुलो दुर्घटना हुन्छः राजेन्द्र लिङदेन
काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेनजी आन्दोलनभन्दा ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा अध्यक्ष लिङ्देनले देशलाई दुर्घटनामा जान नदिन नागरिकले राप्रपालाई मत हाल्नै पर्ने जिकिर गरेका हुन् ।
उनले भने, 'अहिले देश बनाउने भन्दा पनि बचाउने कुरामा हाम्रो ध्यान जानुपर्ने बेला भएको छ। तपाई कल्पना गर्नुस् त, सिंहदरवार जलाउने उक्साउनेहरू र सिंहदरबार जल्दाखेरी यसलाई जोगाउन नसक्नेहरू अहिले कुन प्रकारको अतिवादको कुरा गरिरहेका छन । म अपिल पनि गर्न चाहन्छु-कि हामीले सबैले यो चुनावलाई हाम्रा उम्मेदवारदेखि नेता, कार्यकर्ता सबैले सामान्य चुनाव नठानेर यो राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दालाई स्थापित गर्ने र देशलाई दुर्घटनामा जानबाट रोक्ने एउटा प्रजातान्त्रिक माध्यमको रुपमा यसलाई उपयोग गर्न म अपिल गर्दछु ।'
उनले थपे, 'राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी कमजोर बन्ने हो । र, संसदमा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार माध्यामको अगाडि भनेको छु-राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि कुने विध्वंश गर्छ, विद्रोह गर्छ । देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन । तर राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरूकै अकर्मण्यताका कारण आलोकाँचो व्यवहारका कारण देश अस्तिको भन्दा ठूलो दुर्घटनातर्फ जाने सुनिश्चित छ । देशलाई थप दुर्घटनामा जान नदिन पनि राप्रपालाई मतदाताले जिताउन जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण