मेयर कप क्रिकेटः भीमदत्त र बेदकोट विजयी
कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र बेदकोट नगरपालिका विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भीमदत्त नगरपालिकाले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको भीमदत्तले १३ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाउन सक्यो । भीमदत्तका लागि मिलन बोहराले ४२ रन र नरेन्द्र रानाले २५ रनको योगदान गरेका थिए । बलिङमा दोधारा चाँदनीका लब्बी भट्टले ४ विकेट लिए भने जनक सुनार र कैलाश साउँदले समान २ विकेट लिए ।
१०९ रनको लक्ष्य पाएको दोधारा चाँदनीले १३ ओभरमा अलआउँट हुँदै ७५ रन मात्र जोड्न सक्यो । उसका लागि आकाश बाहेक क्षेत्रीले १९ रन र मनोज चन्दले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङ भीमदत्तका पुकार चन्दले ४ विकेट लिए भने किरन चन्दले ३ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच भीमदत्तका पुकार चन्द घोषित भए ।
त्यसैगरि दोस्रो खेलमा पुनर्वास नगरपालिकालाई ९ विकेटले पराजित गर्दै बेदकोट नगरपालिकाले विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको पुनर्वास नगरपालिकाले १२ दशमलव ४ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाउन सक्यो । उसका लागि प्रेम खत्रीले २२ रन र निशान्त खनियाले २१ रन बनाउन बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङमा बेदकोटका राजेश ऐर र लक्ष्मण खडायतले ३/३ विकेट लिए । विवेक बोहरा र निशान्त पातलीले समान २ विकेट हात पारे । ७९ रनको लक्ष्य पछ्याएको बेदकोटले १२ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । बेदकोटका लागि राजेश एरेले ४३ रन र दिपक बोहराले २४ रनको योगदान गरे । बलिङमा पुनर्वासका मनिश थापाले १ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच बेदकोटका राजेश ऐर घोषित भए ।
आइतबारदेखी महेन्द्रनगर स्थित कवर्ड हलको खेल मैदानमा सुरु भएको पाँचौ पालिका स्तरीय भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ । त्यसैगरि मैन अफ द सिरिज ११ हजार १११,उत्कृष्ट विधाका खेलाडीलाई ५ हजार ५५५,उदयमान खेलाडीलाई ४ हजार ४४४ र प्लेयसर अफ द म्चयाच १ हजार १११ नगद,ट्रफि र प्रमाणपत्र पाउने क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले जानकारी दिए । “यहाँका हरेक वडामा रहेका प्रतिभाहरूको उजागर गर्नका लागि यो प्रतियोगिता उत्सवका रूपमा सञ्चालन गरेका छौ ।” अध्यक्ष चन्दले भने “हामीलाई खेल मैदानको नहुँदा प्रतियोगिता गराउन समस्या हुने गरेको छ ।” उनले क्रिकेटको विकासका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण