शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एपस्टिन फाइल

एपस्टिन फाइल : १० देशमा राजीनामाको लहर, ८० शक्तिशाली व्यक्तिहरूमाथि अनुसन्धान

राजनीतिज्ञ, अर्बपति र शाही परिवारसम्म फैलियो जाँच
सोमबार, २६ माघ २०८२, १२ : ५७
सोमबार, २६ माघ २०८२

सारांश

  • अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य कागजात सार्वजनिक गरेपछि विश्वभर हलचल मच्चिएको छ।
  • कागजातहरूमा नेता, राजदूत, अर्बपति र शाही परिवारका नामहरू समावेश छन्, जसमा यौन शोषणको आरोप लागेको छ।
  • एपस्टिन फाइलहरूका कारण विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरूले राजीनामा दिएका छन् र अनुसन्धान भइरहेको छ।
00:00 / NaN:NaN
Audio By AI

वासिङ्टन डिसी । अमेरिकामा यौन अपराधी जेफ्री एपस्टिनसँग जोडिएका गोप्य कागजातहरू सार्वजनिक भएलगत्तै विश्वभर हलचल मच्चिएको छ। अमेरिकी न्याय विभागले ३० जनवरीमा करिब ३० लाख पृष्ठका कागजातहरू जारी गरेको छ। 

यसपछि १० देशका १५ भन्दा बढी ठुला अधिकारीहरूले पद छोड्नुपरेको छ। ८० भन्दा बढी शक्तिशाली व्यक्तिहरूमाथि अनुसन्धान चलिरहेको छ।

यी फाइलहरूमा नेता, राजदूत, अर्बपति र शाही परिवारका नामहरू समावेश छन्। इमेल, उडान विवरण र सम्पर्क रेकर्डमा ७०० देखि १००० प्रभावशाली व्यक्तिहरूको उल्लेख छ।

धेरैजसो घटनामा नाबालिगहरूको यौन शोषणको आरोप पनि छ। कागजातहरूमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन जस्ता हाई-प्रोफाइल नामहरू विभिन्न सन्दर्भमा अगाडि आएका छन्।

COMBI_Epstein-251222-1024x577

  • युरोपमा एपस्टिन सुनामी: बेलायत-नर्वेका शाही परिवार निशानामा

एपस्टिनको खुलासापछि सबैभन्दा बढी हलचल युरोपमा मच्चिएको छ। करिब १० देशमा राजीनामा दिने क्रम सुरु भएको छ।

सबैभन्दा धेरै बेलायतमा ३ अधिकारीले पद छोड्नुपर्‍यो। पूर्व राजदूत पिटर म्यान्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री किअर स्टारमरका चिफ अफ स्टाफ मोर्गन म्याकस्विनीले राजीनामा दिए।

स्लोभाकियामा पूर्वविदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लाइचाकले ३०० भन्दा बढी इमेल र आपत्तिजनक च्याट सार्वजनिक भएपछि राजीनामा दिए।

स्वीडेनकी वरिष्ठ कूटनीतिज्ञ जोआना रुबिनस्टाइनले पद छोडिन्। नर्वेकी राजदूत मोना जुल, अमेरिकामा श्रम मन्त्री एलेक्स एकोस्टा र एमआईटी ल्याब प्रमुख जोइची इतोले राजीनामा दिए।

  • लज्जास्पद स्थिति: सरकारहरूद्वारा अनुसन्धानको आदेश

एपस्टिन फाइलहरू धेरै देशका सरकारहरूका लागि कूटनीतिक र राजनीतिक लज्जाको कारण बनेका छन्। बेलायती प्रधानमन्त्री स्टारमरले माफी माग्नुपर्‍यो, जबकि राजकुमार एन्ड्र्यूविरुद्ध बेलायती प्रहरीले नयाँ फाइलका आधारमा नयाँ समीक्षा सुरु गर्‍यो।

epstin-2

नर्वेमा राजदूत मोना जुललाई निलम्बित गरियो र पूर्व प्रधानमन्त्री थोरबजोर्न जगल्याण्डविरुद्ध भ्रष्टाचार अनुसन्धान सुरु भयो। वरिष्ठ कूटनीतिज्ञ तेर्झे रोड-लार्सनमाथि पनि छानबिन भइरहेको छ।

फ्रान्समा पूर्वमन्त्री ज्याक ल्याङलाई आधिकारिक समन जारी गरियो। पोल्याण्ड, लातभिया र टर्कीले मानव बेचबिखनमा आधिकारिक मिलेमतोको जाँच गर्न विशेष टोलीहरू गठन गरे।

  • गेट्सदेखि पूर्वइजरायली प्रधानमन्त्रीसम्मलाई पछुतो

केही ठुला नामहरू अगाडि आएपछि उनीहरू र तिनका परिवारले सार्वजनिक रूपमा माफी वा पछुतो व्यक्त गर्नुपर्‍यो।

नर्वेकी क्राउन प्रिन्सेस मेटे-मारिटका इमेल र संवाद सार्वजनिक भएपछि राजशाही स्तरको संस्थागत समीक्षा भयो र उनले सार्वजनिक माफी मागिन्।

esptin-3

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एपस्टिनसँगको भेटघाट र संवादप्रति पछुतो व्यक्त गर्दै फाउन्डेसनको बोर्डबाट राजीनामा दिए।

इजरायलका पूर्वप्रधानमन्त्री एहुद बराकको नाम न्युयोर्कमा एपस्टिनको अपार्टमेन्टमा बस्ने र बैठकहरूको रेकर्डमा आएपछि, उनले स्पष्टीकरण दिनुपर्‍यो।

  • एपस्टिन फाइलहरूमा ३८ हजार पटक ट्रम्पको नाम

एपस्टिन फाइलहरूमा ट्रम्पको नाम ३८ हजार पटकभन्दा बढी उल्लेख गरिएको छ। रेकर्डमा १९९० को दशकमा एपस्टिनको निजी विमानबाट ७-८ पटक यात्रा गरेको कुरा उल्लेख छ। ट्रम्पको मार-ए-लागो क्लबको गेस्ट लिस्टमा पनि एपस्टिन समावेश छन्।

HOUSE_OVERSIGHT_083516_Redacted2-Copy-1024x813

अनुसन्धानमा यौन शोषणको नेटवर्क अमेरिकामा मात्र सीमित नभएको खुल्यो। एपस्टिनले संगठित ट्राफिकिङ नेटवर्क बनाएका थिए। अहिलेसम्म १५ देशका धनी, नेता र अन्तर्राष्ट्रिय हस्तीहरूको नाम अगाडि आएको छ।

  • अनिल अम्बानीको नाम पनि मुछियो

अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनसँग सम्बन्धित जारी गरेका कागजातमा, उद्योगपति अनिल अम्बानीसँग जोडिएका नयाँ खुलासाहरू अगाडि आएका छन्। यी कागजातहरू एपस्टिन र अनिल अम्बानीबीच २०१७ देखि २०१९ को अवधिमा भएको कुराकानीसँग सम्बन्धित छन्। ब्लूमबर्गको रिपोर्ट अनुसार, यसमा व्यापार, विश्वव्यापी मामिला र महिलाहरूको विषयमा चर्चा भएको थियो।

  • १४ वर्षकी बालिकाले गरेकी थिइन् पहिलो उजुरी

सन् २००५: फ्लोरिडामा ३० बालिकाहरूको बयान:

फ्लोरिडामा १४ वर्षकी बालिकाकी आमाले उजुरी दर्ता गरिन् । एपस्टिनले मसाजको बहानामा यौन शोषण गरेको उनको आरोप थियो। अनुसन्धानमा ३० नाबालिग बालिकाहरूको बयान भेटियो।

सन् २००६-०८: 

राहत दिने एकोस्टा पछि मन्त्री भए: युएस अटर्नी अफिसले एपस्टिनलाई संघीय मुद्दा (फेडरल ट्रायल) बाट बचाउने ‘प्ली डिल’ दियो। उनलाई १३ महिनाको हल्का सजाय र दिउँसो बाहिर काम गर्ने अनुमति मिल्यो। यो सम्झौता स्वीकृत गर्ने अभियोजक एलेक्स एकोस्टा पछि २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा श्रम मन्त्री बने।

सन् २००९-१५: 

जेलबाट बाहिर निस्किए, नेटवर्क सक्रिय: सम्झौतापछि एपस्टिन सक्रिय रहे। लोलिता एक्सप्रेस, निजी टापुसँग सम्बन्धित गतिविधिहरूको प्रमाण एजेन्सीहरूसँग बढ्दै गयो, तर कुनै निर्णायक कारबाही भएन।

bill-clinton

सन् २०१७-१८: 

मीटू आन्दोलनले फेरि खुल्यो केस: मीटू आन्दोलनपछि पीडितहरूको गवाही र अनुसन्धानले एपस्टिनका प्रभावशाली सम्पर्कहरू उजागर भए।

सन् २०१९: 

संघीय गिरफ्तारी र जेलमा शंकास्पद मृत्यु: न्युयोर्कमा सेक्स-ट्राफिकिङको आरोपमा गिरफ्तारी भयो। एक महिनापछि मेट्रोपोलिटन करेक्सनल जेलमा शंकास्पद अवस्थामा मृत्यु भयो, जसलाई आधिकारिक रूपमा आत्महत्या बताइएको छ।

सन् २०२०-२६: 

अब अदालतको आदेशले फाइलहरू जारी : अमेरिकी अदालतको आदेश र एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट अन्तर्गत ३० लाख पृष्ठ जारी भए, विश्वव्यापी अनुसन्धान सुरु।

esptin-1

  • को थिए जेफ्री एपस्टिन?

जेफ्री एपस्टिन न्युयोर्कका करोडपति फाइनान्सर थिए। उनको ठुला नेता र सेलिब्रेटीहरूसँग मित्रता थियो।

उनीमाथि सन् २००५ मा नाबालिग बालिकासँग यौन दुव्र्यवहारको आरोप लाग्यो। २००८ मा उनलाई नाबालिगसँग यौनसम्पर्कको माग गरेकोमा दोषी ठहर गरियो। 

उनलाई १३ महिनाको जेल सजाय भयो। २०१९ मा जेफ्रीलाई सेक्स ट्राफिकिङको आरोपमा पुन: गिरफ्तार गरियो। तर मुद्दा चल्नुअघि नै उनले जेलमा आत्महत्या गरे।

उनकी पार्टनर घिसलेन म्याक्सवेललाई सन् २०२१ मा उनलाई मद्दत गरेको आरोपमा दोषी ठहर गरियो। उनी २० वर्षको सजाय काटिरहेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप