बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, तस्कर समूहको आक्रमणबाट ३ प्रहरी घाइते

सोमबार, २६ माघ २०८२, १३ : ३६
सोमबार, २६ माघ २०८२

सारांश

  • वीरगन्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भए।
  • आदर्श नगरस्थित मदन प्रसाद गुप्ताको घरमा छापा मार्दा ७ लाखभन्दा बढीको कपडा बरामद गरियो।
  • तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको गाडीमा क्षति पुग्यो।

वीरगन्ज । पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा साेमबार छापा मार्ने क्रममा भएको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

सशस्त्र प्रहरीले वीरगन्जको आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेको थियो । सो क्रममा अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरिएको छ  । 

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको र ३ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप