राइजिङ स्टार यू-१२ क्रिकेट : सिईसी फ्लेम्स सेमिफाइनलमा, आशिक बगालेको अलराउन्ड प्रदर्शन
सारांश
- आशिक बगालेको उत्कृष्ट प्रदर्शनले सिईसी फ्लेम्सले वन डे क्रिकेट एकेडेमी 'ए'लाई हरायो।
- आशिकले २२ रन बनाएर २ विकेट लिए, र प्लेयर अफ द म्याच घोषित भए।
- प्रतियोगिताको सेमिफाइनलमा सिईसी फ्लेम्स र ग्रेट हिमालय क्रिकेट एकेडेमी पुगे।
काठमाडौं । राइजिङ स्टार यू-१२ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा आशिक बगालेको प्रभावशाली अलराउन्ड प्रदर्शनमा सिईसी फ्लेम्सले वन डे क्रिकेट एकेडेमी ‘ए’लाई २४ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
राजधानीको सिफल ग्राउन्डमा भएको खेलमा आशिकले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरे। उनले २२ रन बनाउनुका साथै २ विकेट लिएर टिमलाई जित दिलाए। दबाबपूर्ण परिस्थितिमा संयमित खेल देखाएका आशिकलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो।
सिईसी फ्लेम्सका लागि जोईल ओलीले २४ रन जोड्दै ब्याटिङमा साथ दिए। बलिङतर्फ अनुपम कठायत र हेप्पी श्रेष्ठले समान ३–३ विकेट लिए भने ईशान जैशवालले २ विकेट लिए।
यसअघि आइतबारकै पहिलो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीवनले सिईसी भक्तपुरलाई १८४ रनले पराजित गरेको थियो। उक्त खेलमा दिक्षान्त मिश्रले ४४ बलमा विस्फोटक १३५ रन बनाउँदै प्लेयर अफ द म्याच बनेका थिए।
प्रतियोगिताको सेमिफाइनलमा सिईसी फ्लेम्स र ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रवेश गरेका छन्।
आयोजक सुनिल अमात्यले Rising Star U-12 ट्वान्टी–ट्वान्टी प्रतियोगिता व्यवस्थित र उत्साहजनक रूपमा सञ्चालन भइरहेको बताए। उनले बाल खेलाडीहरूको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र खेलाडीहरूको प्रदर्शनले आफूहरू उत्साहित भएको बताए।
देशभरका दर्जनौं टोलीको सहभागिता रहेको प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको संकेत दिएको आयोजकको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण