मधेस पस्दै बालेनः सप्तरीदेखि महोत्तरीसम्म यस्तो छ कार्यतालिका
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोलि मंगलबार मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।
उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले भोलि एकै दिन सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्नेछन् ।
बालेन शाहको मधेस यात्रा बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ । उनको सचिवालयका अनुसार बिहान ८ः४५ मा कञ्चनरुप (घण्टी घर), ९ः१० मा हनुमाननगर र ९ः२० मा सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजविराज (घण्टी घर) पुग्ने कार्यक्रम छ ।
त्यसपछि उनी बिहान १०ः१० मा डाक्नेश्वरी नगरपालिका र १०ः२० मा बोधेबर्साइन नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सप्तरीको कार्यक्रम सकेर बालेन सिरहा प्रवेश गर्नेछन् । सिरहामा उनको तालिका निकै व्यस्त देखिएको छ । जसमा भगवानपुर, नवराजपुर, बरियारपटी, औरही चोक, सुखीपुर जिरोमाइल घण्टी घर, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर बजार, सिराहा बजारमा कार्यक्रम छ ।
सिरहा भ्रमणपछि बालेनको टोली धनुषातर्फ लाग्नेछ । दिउँसो १ः३५ मा कमला पुल तरेर तिनकौरिया चोक पुग्ने उनी १ः५० मा यदुकुवा (घण्टी घर) पुग्नेछन् । त्यसपछि दिउँसो २ः१० मा प्रसिद्ध धार्मिकस्थल धनुषाधाम र २ः४० मा नगराइनमा कार्यक्रम तय गरिएको छ ।
मंगलबार अपराह्न ३ बजे महोत्तरीको सदरमुकाम जलेश्वर (घण्टी घर) पुग्ने कार्यतालिका छ । त्यसपछि ३ः२० मा एकदरा र ३ः४० मा बलवा–सर्पल्लोमा स्थानीयसँग भेटघाट गरी उनी साँझ ४ः१० मा बर्दिबास पुग्नेछन् ।
बर्दिबासमा भोलिको दिनभरको भ्रमणको समापन हुने सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण