नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने
काठमाडाैँ । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउइने उक्त सहयोग परिचालन गरिनेछ । यो परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।
परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान–प्रदान प्रणाली, तथा प्रमाणीकरण योग्य प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापन गर्न सकिने डिजिटल लकर जस्ता डिजिटल प्लेटफर्ममा लगानी गरिनेछ । डिजिटल अर्थतन्त्रप्रति नागरिकको विश्वास बढाउन परियोजनाअन्तर्गत इलेक्ट्रोनिक हस्ताक्षर (ई–सिग्नेचर), साइबर सुरक्षा तथा डेटा गभर्नेन्समा समेत लगानी गरिनेछ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले डिजिटल पूर्वाधारमा लगानीले सेवा प्रवाहमा पारदर्शिता, समावेशिता र प्रभावकारिता बढ्ने उल्लेख गरे।
उनकाअनुसार मुख्य डिजिटल प्लेटफर्ममा लगानी र सेवाहरू डिजिटलाइज गरेपछि नागरिक र व्यवसायलाई अझ सहज सेवा उपलब्ध हुनेछ । यसले सार्वजनिक क्षेत्रको कार्यक्षमता र सुशासन प्रवद्र्धनमा मद्दत गर्नेछ । यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीचको संयुक्त सह–वित्तीय व्यवस्थाअन्तर्गत कार्यान्वयन हुनेछ ।
फुल म्युचुअल रिलायन्स फ्रेमवर्क अन्तर्गत विश्व बैंक प्रमुख ऋणदाता रहनेछ भने एडीबी ट्रेल ऋणदाताको रूपमा रहनेछ । एडीबीले यस परियोजनामा ४० मिलियन अमेरिकी डलर योगदान गर्नेछ । एडीबी व्यवस्थापनले मार्च २०२६ मा परियोजनालाई आफ्नो बोर्डमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण