शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनका लागि भारतको सहयोगप्रति प्रधानमन्त्री कार्कीद्वारा आभार व्यक्त

मङ्गलबार, २७ माघ २०८२, १६ : ०९
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्।
  • भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले निर्वाचनका लागि भौतिक सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिइन्।
  • राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको साथ रहने प्रतिबद्धता जनाए।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि छिमेकी राष्ट्र भारतले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरेकी छन्। 

मंगलबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचन सम्पन्न गर्न भारतले सवारी साधन लगायतका विभिन्न भौतिक सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन्।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सदैव साथ रहने प्रतिबद्धता जनाएका छन्। उनले एक असल छिमेकीको नाताले नेपालको निर्वाचन र स्थिरताका लागि सहयोग गर्नु भारतको कर्तव्य भएको उल्लेख गरे। निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता छिमेकी राष्ट्रका रूपमा भारतका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने राजदूत श्रीवास्तवको भनाइ थियो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विविध विषयमा समेत छलफल भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप