बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभामा चलचित्र विधेयक पारित गर्ने तयारी, यस्तो छ कार्यसूची

मङ्गलबार, २७ माघ २०८२, १६ : ४१
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रिय सभाको १९औँ अधिवेशन अन्तर्गत बुधबार बस्ने बैठकमा 'चलचित्र विधेयक, २०८१’ माथ पारित गर्ने कार्यसूची रहेको छ । 

अपराह्न १ः१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा सुरुमा प्रश्नोत्तरको कार्यक्रम राखिएको छ। जसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। त्यसलगत्तै संसदीय समितिका प्रतिवेदनहरू सभामा पेस हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन्। यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ’अध्यागमन ऐन, २०४९’ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

626372069_1578971469983072_4520656547082132041_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप