रणवीर सिंहलाई ज्यान मार्ने धम्की, कडा बनाइयो सुरक्षा व्यवस्था
सारांश
- बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की आएको छ, फिरौतीको माग गरिएको छ।
- मुम्बई प्रहरीले रणवीरको घरको सुरक्षा बढाएको छ र घटनाको अनुसन्धान सुरु गरेको छ।
- धम्की एउटा भ्वाइस नोट मार्फत आएको थियो, जसलाई फरेन्सिक जाँचको लागि पठाइएको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई मंगलबार ज्यान मार्ने धम्की आएको छ ।
एक ह्वाट्सएप भ्वाइस नोटमार्फत करोडौं रुपैयाँ फिरौतीको माग गरिएको हो । भारतीय अनलाइन पत्रिका भाष्करका अनुसार धम्की आएलगत्तै मुम्बई प्रहरीले रणवीरको बान्द्रास्थित निवासबाहिर सुरक्षा व्यवस्था कडा पारेको छ । थप प्रहरी बल परिचालन गरिएको छ र आवागमनमाथि कडा निगरानी राखिएको छ ।
यो घटना जनवरी ३१ मा फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर भएको पाँच राउन्ड गोलीकाण्डपछि आएको हो, जसले मुम्बई प्रहरीलाई थप सचेत बनाएको छ ।
प्रहरी अधिकारीहरूले बताएअनुसार धम्कीपूर्ण भ्वाइस नोटमा आरोपीले आफूलाई गम्भीर अपराधसँग सम्बन्धित रहेको बताएको छ । ठुलो रकम नदिए नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको छ । प्रहरीले भ्वाइस नोटलाई फरेन्सिक अनुसन्धानका लागि पठाएको छ ।
मुम्बई प्रहरीको साइबर सेल र क्राइम ब्रान्च मिलेर ह्वाट्सएप नम्बर र भ्वाइस स्याम्पलका आधारमा आरोपीको लोकेसन पत्ता लगाउन जुटेका छन् । प्रारम्भिक अनुसन्धानमा धम्की दिने व्यक्ति कुनै आपराधिक गिरोहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीले रणवीर सिंहलाई आएको धम्कीको रोहित शेट्टीको घरमा भएको गोलीकाण्डसँग सीधा सम्बन्ध छ वा यो डर फैलाउने षड्यन्त्र मात्र हो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । प्रहरीले चाँडै नै आरोपीलाई पक्राउ गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण