ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुबिच भेटवार्ता हुँदै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच भेटवार्ता हुने भएको छ ।
बुधबार ह्वाइट हाउसमा उनीहरूबिच भेटवार्ता हुने भएको हो । इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता निर्णायक चरणमा पुग्नुका साथै मध्यपूर्वमा तनाव बढिरहेको समयमा दुई नेताबिच भेटवार्ता हुन लागेको हो । नेतान्याहुले भ्रमणअघि पत्रकारसँग कुरा गर्दै आफूले ट्रम्पलाई वार्ताका मूल सिद्धान्तबारे इजरायलको दृष्टिकोण प्रस्तुत गर्ने बताए ।
भ्रमणमा नेतान्याहुले इरानको युरेनियम समृद्धीकरण पूर्ण रूपमा रोक्न र हमास तथा हिजबुल्लाजस्ता सशस्त्र समूहलाई दिइने समर्थनमा कठोर अंकुश लगाउने सम्झौतामा जोड दिने अपेक्षा गरिएको छ ।
इरानले भने प्रतिबन्धहरू उल्लेख्य रूपमा खुकुलो नभएसम्म समृद्धीकरण सीमित नगर्ने अडान दोहोर्याएको छ । ट्रम्प सत्तामा फर्किएयता नेतान्याहुको यो छैटौँ अमेरिका भ्रमण हो ।
उनका कार्यालयले कुनै पनि सम्झौतामा इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्नुपर्ने र क्षेत्रीय मिलिसियालाई दिइने समर्थन अन्त्य हुनुपर्ने बताएको छ ।
यसैबिच अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको छ । ट्रम्पले दोस्रो विमानवाहक स्ट्राइक समूह पठाउने सम्भावना रहेको बताएका छन् । गत महिना अमेरिकाले अब्राहम लिंकन नाम गरेको विमानवाहक जहाज सो क्षेत्रमै तैनाथ गरेको थियो ।
इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गर्दै कूटनीतिक समाधान सम्भव रहेको ट्रम्पले बताएका छन् । तर सम्झौता नभए सैन्य कदम चाल्न सकिने चेतावनी पनि दिएका छन् । इजरायलले पनि आवश्यक परे इरानविरुद्ध एकपक्षीय सैन्य कारबाही गर्ने अधिकार सुरक्षित राखेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण