नेपाल र इटालीबिचको खेल : भक्तपुरमा कन्सर्टसहितको तयारी, अन्य स्थानमा पनि ‘लाइभ स्क्रिनिङ’ हुने
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र इटालीबिच हुने खेलको प्रत्यक्ष प्रसारण (लाइभ स्क्रिनिङ) का लागि एक्सट्रिम इनर्जी ड्रिंकले विशेष तयारी गरेको छ।
बिहीबार हुने यो खेलका लागि भक्तपुरको सल्लाघारी ग्राउन्डमा सांगीतिक कार्यक्रमसहितको विशेष तयारी भएको छ।
सल्लाघारी ग्राउन्डमा हुने मुख्य कार्यक्रममा चर्चित गायकहरू दुर्गेश थापा र कमल खत्रीले आफ्नो लाइभ प्रस्तुति दिनेछन्। दर्शकले ठूलो पर्दामा क्रिकेटको मज्जा लिँदै सांगीतिक माहोलमा रमाउन पाउनेछन्।
आयोजकका अनुसार यहाँ प्रवेश निःशुल्क गरिएको छ भने दर्शकलाई निःशुल्क एक्सट्रिम इनर्जी ड्रिंक समेत वितरण गरिनेछ।
भक्तपुरमा कन्सर्ट र स्क्रिनिङ दुवैको व्यवस्था भए पनि देशका अन्य ६ स्थानमा भने खेलको ‘लाइभ स्क्रिनिङ’ मात्र गरिनेछ।
काठमाडौँको सिफल ग्राउन्ड र बुद्ध मल, धनगढीको जेन–जी मार्ग, पोखराको हल्लन चोक र नेपालगन्जको सेतु विक चोकमा खेलको प्रत्यक्ष प्रसारण देखाइनेछ। तर वीरगन्जको पुरानो बस पार्कमा हुने भनिएको लाइभ स्क्रिनिङ भने विशेष कारणवश स्थगित भएको इनर्जी ड्रिंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण