उपभोक्ता जगाउँदै जागरण अभियान नेपाल
काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले गाउँगाउँका विद्यालयमा पुगेर उपभोक्ता अधिकारबारे सचेतना अभियान सञ्चालन गरेको छ । ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ अभियानले उदयपुर र सुनसरीका सामुदायिक विद्यालयहरूमा पुगेर सचेतना कार्यक्रम चलाएको हो ।
माघ २६ गते उदयपुरको त्रियुगा नगरपालिकाका शारदा माध्यमिक विद्यालय देउरी र राष्ट्रिय मावि बगाहामा कार्यक्रम गरियो । माघ २७ गते सुनसरीको इटहरी खनारस्थित शारदा मावि र दुहबीको सरस्वती माविमा पनि जागरण अभियान सञ्चालन गरेको थियो ।
जागरण अभियान सञ्चालनका क्रममा अभियानका संस्थापक अध्यक्ष एवं उपभोक्ता अधिकारका क्षेत्रमा लामो काम गर्दै आएका मुख्य प्रशिक्षक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले वस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई नजगाएसम्म बिक्रेता जिम्मेवार नहुने बताए ।
मुख्य प्रशिक्षक भण्डारीले ग्रामीण क्षेत्रका गाउँबस्तीमा उपभोक्ता बढी ठगिने गरेको भन्दै उपभोक्ताहरू ठगिने अवस्थाको अन्त्य गर्न जागरण अभियान आवश्यक रहेको बताए । विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक तथा शिक्षकहरुले जागरण अभियानको प्रशंसा गर्दै यस्तो अभियान फलदायी रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता अधिकार, बजार व्यवस्थापन, सेवा प्रदायक, आम उपभोक्ता र उपभोक्ता अधिकारको सूचना र पैरवीबारे जिम्मेवार निकायले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो । जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता नारा उल्लेखित जानकारीमूलक ब्रोसर उपलब्ध गराइएको थियो ।
प्रशिक्षण कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, व्यवसायी लगायतको सहभागिता थियो । अभियानले यसअघि पनि विभिन्न जिल्लाका विद्यालयमा अभियान सञ्चालन गर्दै आएको छ । जागरण अभियानकै पहलमा काठमाडौंका तारे होटलमा हुने उपभोक्ता शिक्षासम्बन्धी कार्यक्रमलाई विद्यालय तहमा लैजान सरकारलाई बाध्य पारेको थियो । त्यस्तै अभियानको सक्रियतामा कक्षा नौ र १० को पाठ्यक्रममा पनि उपभोक्ता शिक्षा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण