बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कुमारी’ बिहीबारबाट अस्ट्रेलिया र मध्यपूर्वका हलमा

बुधबार, २८ माघ २०८२, १९ : ३३
बुधबार, २८ माघ २०८२

काठमाडौँ । गत शुक्रबारदेखि स्वदेशमा प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ अब अस्ट्रेलिया र मध्यपूर्वका देशमा पनि रिलिज हुने भएको छ ।

फिल्म बिहिबारबाट अस्ट्रेलिया र मध्यपूर्वका देशमा रिलिज हुन लागेको निर्माण पक्षले जनाएको छ । 

नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन सफल फिल्म थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो । वितरणले अस्ट्रेलियाका विभिन्न राज्यहरूको शो तालिकासमेत सार्वजनिक गरेको छ । जसमा न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्यान्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा ‘कुमारी’ रिलिज हुने देखिन्छ ।

अस्ट्रेलियासँगै मध्यपूर्वका देशहरूमा पनि ‘कुमारी’ प्रदर्शन हुँदै छ । नेपफिल्मको व्यवस्थापनमा यूएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा फिल्म रिलिज हुन लागेको हो । फिल्मका निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै संयुक्त राज्य अमेरिका र क्यानडामा फिल्म छिट्टै रिलिज हुने बताए ।

अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत फिल्म रिलिज हुने भएको हो ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । विकास सुवेदीको लेखन रहेको फिल्मले प्रेम कथा भन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप