वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री
काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाइँले देशको समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिएका छन् ।
नेपाल वातावरण पत्रकार समूह र अर्थ जर्नालिजम नेटवर्कको संयुक्त आयोजनामा बुधबार आयोजित कार्यक्रममा उनले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको जानकारी गराए । मन्त्री चौलागाईंले मुलुक समृद्धि र जनताको आयआर्जन वृद्धिका लागि प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिँदै यसमा सञ्चार क्षेत्रको समन्वयकारी भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरोकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे । मन्त्री चौलागाईंले भने, “तीनै तहका सरकारबीच संविधानअनुसारको सहकार्य र समन्वयको मर्र्म आत्मसाथ नहुँदा सङ्घीयता दिगो हुुनसक्दैन, त्यसैले सबै तहका सरकारले आफ्नो जिम्मेवारी अनुसार कर्तव्य निर्वाह गर्नु आवश्यक छ ।”
कार्यक्रममा नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक्यू लोरेञ्जोले वातावरण संरक्षण गर्न, विपद्का समयमा जनताका आवाज बुलन्द गर्न र जनताका मुद्दा सरोकारवालासम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । अर्थ जर्नालिजम नेटवर्कका एसिया क्षेत्रीय प्रबन्धक एमी सिमले नेटवर्कका बारेमा अवगत गराउँदै वातावरण पत्रकारहरूले वातावरण संरक्षणमा कसरी योगदान गरिरहेका छन् भन्नेबारे चर्चा गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण