मुटुरोग र उच्च रक्तचाप नभए पनि हुन सक्छ हर्ट अट्याक
सारांश
- स्वस्थ देखिने व्यक्तिलाई पनि हृदयाघात हुनसक्छ, आनुवंशिकी र उमेर जस्ता कारकहरूले जोखिम बढाउँछन्।
- उच्च कोलेस्ट्रोल र तनाव जस्ता जोखिम कारकहरूलाई बेवास्ता गर्दा हृदयाघातको सम्भावना बढ्छ, नियमित जाँच आवश्यक छ।
- छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता चेतावनी संकेतहरू देखिएमा तुरुन्तै स्वास्थ्य जाँच गराउनुपर्छ।
काठमाडौँ । जो मानिस फिट छन्, नियमित रूपमा व्यायाम गर्छन्, सही खानपान अपनाउँछन् र उच्च रक्तचाप वा मधुमेह छैन, उनीहरूलाई हृदयाघातको जोखिम हुँदैन भन्ने आम धारणा छ । तर यो कुरा पूर्ण सत्य होइन । पूर्ण रूपमा स्वस्थ देखिने मानिसहरूलाई पनि हृदयाघात हुन सक्छ । हामीले यस्ता धेरै घटनाहरू देखेका छौँ । तर यस्तो किन हुन्छ ? आज हामी यसबारे चर्चा गर्छौँ ।
मुटुको स्वास्थ्य जीवनशैलीमा मात्र निर्भर हुँदैन । हाम्रो आँखाले प्रत्यक्ष देख्न नसक्ने कैयौँ जोखिम कारकहरू पनि हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण आनुवंशिकी वा पारिवारिक इतिहास हो । कोही व्यक्तिको आमाबाबु वा नजिकका आफन्तहरू सानै उमेरमा हृदयरोगबाट पीडित थिए भने ऊ फिट भए पनि हर्ट अट्याकको जोखिम हुन्छ ।
उमेर पनि एउटा प्रमुख कारक हो । ४० वर्षको उमेरपछि हृदयाघातको जोखिम बिस्तारै बढ्छ । पुरुषहरूमा यो जोखिम पहिले देखापर्छ । महिलामा भने मेनोपज (महिनावारी रोकिएको अवस्था) पछि यस्तो हुन सक्छ ।
सोरायसिस वा रुमेटोइड अर्थराइटिस जस्ता केही इन्फ्लेमेटरी (सुन्निने) रोगहरूले पनि मुटुको धमनीलाई क्षति पुर्याउन सक्छ । व्यक्ति फिट नै भए पनि यस्ता समस्याले गर्दा रगत जम्ने र हृदयाघातको जोखिम बढ्ने हुन सक्छ ।
के के हुन्छन् जोखिम कारकहरू ?
तपाईं नियमित व्यायाम गर्नुहुन्छ भने पनि तपाईँलाई उच्च कोलेस्ट्रोल वा उच्च रक्तचाप हुन सक्छ । यो कहिलेकाहीँ लक्षणविहीन रहन सक्छ । त्यसैले २० वर्षको उमेरपछि प्रत्येक ४–६ वर्षमा कोलेस्ट्रोल प्रोफाइल जाँच गर्नु महत्त्वपूर्ण छ ।
तनाव पनि एक प्रमुख कारण हो । तर धेरैले यसलाई बेवास्ता गर्छन् । लामो समयसम्मको तनावले रक्तचाप र कोलेस्ट्रोल दुवै बढाउन सक्छ, जसले गर्दा हृदयाघातको जोखिम बढ्छ ।
कस्ता हुन्छन् चेतावनीका सङ्केत ?
कुनै फिट वा युवा व्यक्तिलाई हृदयाघात हुन्छ, मानिसहरू अचानक किन भयो भनेर सोच्न थाल्छन् । तर सत्य कुरा, हृदयाघात हुनुअघि शरीरले केही सङ्केत दिइसकेको हुन्छ ।
जस्तै:
–छातीमा दबाब वा हलुका पीडा महसुस हुनु
– बङ्गारा, घाँटी, काँध वा पिठ्यूँमा पीडा
– अचानक सास फेर्न गाह्रो हुनु
– व्यायाम गर्दा चक्कर लाग्नु वा बेहोस हुनु
– महिलाहरूमा अत्यधिक थकान, छातीमा हल्का असुविधा वा सास फेर्न गाह्रो हुनु
यस्ता छन् बच्ने उपाय
– नियमित रूपमा रक्तचाप, सुगर र कोलेस्ट्रोल जँचाउनुहोस् ।
– आफ्नो परिवारको रोगसम्बन्धी इतिहास थाहा पाउनुहोस् र डाक्टरसँग यसबारे खुलेर कुरा गर्नुहोस् ।
– तनाव व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुहोस् । योग, ध्यान, वा माइन्डफुलनेस यसका लागि उपयोगी हुन सक्छ ।
– धूम्रपान/भ्यापिङको सेवन छाड्नुहोस्
– स्वस्थ आहार अपनाउनुहोस् ।
(अस्वीकरणः सल्लाह सहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । थप जानकारीका लागि सधैं विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण