‘लालिमा’को टिजरमा मानसिक समस्याको विषय
बिहीबार, २९ माघ २०८२, ०८ : ५२
काठमाडौँ । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छटपटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ । टिजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ ।
‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो ।
फिल्ममा रोशनीसहित नायकहरू शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ । फेथ आस्थाले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण