‘श्री बुकुरो’ प्रिमियरमा तुलसी घिमिरेले भने, ‘मानवीय समवेदना रमाइलो तरिकाले प्रस्तुत छ’
काठमाडौँ । फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार साँझ सिटी सेन्टरस्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, फिल्मका कलाकार तथा रंगपत्रकारहरुको उपस्थिति थियो । प्रिमिएरमा अधिकांशले फिल्मको कथावस्तु मनपरेको प्रतिक्रिया दिए ।
फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए । उनले फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए । ‘फिल्ममा मानवीय समवेदनाका स–साना पललाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ’ उनले भने ।
निर्माता तथा वितरक छविराज ओझाले फिल्म सबैले हेर्न पर्ने बनेको प्रतिक्रिया दिए । उनले फिल्मले परिवार जोडिएर रहनु पर्ने सन्देश दिएको बताए ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको फिल्मले घरसँगै परिवार र समाजको कथा उठाएको छ । फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारले अभिनय छ ।
रुबी सेन सिंहले निर्माण गरेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठले छायाङ्कन छ । मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा फिल्म छायाङ्कन भएको छ । फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण