जसपा नेपालका नेता मनिष मिश्र कांग्रेस प्रवेश गर्दै
सारांश
- जनता समाजवादी पार्टीका नेता मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।
- सर्लाही-४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका मिश्रले पार्टी छाडेको बताए।
- उनले लोकतन्त्र र मधेसको लागि काम गर्ने बताए र केही दिनमा कांग्रेस प्रवेश गर्ने तयारी छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका सदस्य मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । सर्लाही–४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका उनी कांग्रेस प्रवेश गर्ने भएका हुन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव रहिसकेका उनी जसपा नेपालमा अभिभावकत्वको अभाव देखेर पनि पार्टी छाडेको बताइएको छ । लोसपा नेपालले जसपा नेपालसँग एकता गरिसकेको छ । जसपा नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रिय सभामा गइसकेका छन् । सर्लाही–४ महन्थ ठाकुरको पुरानो क्षेत्र हो । सो क्षेत्रमा आफूले महन्थ ठाकुरलाई अभिभावकको रूपमा नपाएको बताउँदै नेता मिश्रले वर्षौँदेखि चुनावको तयारी गरेको तर अन्तिममा माओवादीबाट आएका रामेश्वर रायलाई टिकट दिएको गुनासो गरे ।
उनले भने, 'चुनाव लड्ने भनी धेरै पहिलादेखि क्षेत्रमा तयारी गरिरहेका थिए तर अचानक ३–४ दिनअघि मात्र पार्टीमा प्रवेश गरेका रामेश्वरलाई पार्टीले टिकट दियो जब कि उनको क्षेत्र ३ हो तर जानीजानी मलाई पछाडि पार्नका लागि मेरो टिकट उहाँलाई दियो ।'
केही दिनमा कांग्रेस पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको बताउँदै उनले आफू जहाँ रहेपनि लोकतन्त्र र मधेसको लागि काम गर्ने बताए ।
सर्लाही–४ मा काग्रेसबाट सो पार्टीका सभापति गगन थापाले उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.अमरेसकुमार सिंह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
-
दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारियो
-
लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
-
अन्डरडग घानासँग हेभिवेट कोलम्बियाको भिडन्त
-
पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण