ब्राजिलियन यी पुरुषका ६ पत्नी एउटै घरमा मात्र होइन, एउटै बेडमा सुत्छन्
सारांश
- ब्राजिलका एक युवक ६ पत्नीलाई एउटै घर र ओछ्यानमा राखेर चर्चामा छन्।
- सामाजिक सञ्जालमा चर्चित आर्थर ओ उर्सोले ६ पत्नीका लागि विशेष बेड बनाएका छन्।
- उनले ६ पत्नीसँग समदुरीको सम्बन्ध कायम राख्दै सबैलाई समान व्यवहार गर्ने दाबी गरेका छन्।
काठमाडौँ । नेपालको कानुन अनुसार बहुविवाह अपराध हो । यद्यपि ब्राजिलका एक युवक भने ६ वटी पत्नीलाई एउटै घरमा मात्र होइन, एउटै बेडमा राखेर चर्चामा छन् ।
सामाजिक सञ्जालमा चर्चित ब्राजिलियन इन्फ्लुएन्सर आर्थर ओ उर्सो यस्तै घटनाका कारण चर्चित छन् । हालै उनले सामाजिक सञ्जालमा आफ्नो एक विशेष बेड (पलङ)को तस्बिर सार्वजनिक गरेका छन्, जसले उनी थप चर्चामा आएका छन् ।
उर्सोका ६ वटी पत्नी छन् । उनले ६ वटै पत्नीसँग समदुरीको सम्बन्ध राख्दै आएका छन् । दाम्पत्य जीवनलाई अझ सहज तुल्याउन उनले ६ वटै पत्नी अटाउने गरी एउटा विशेष बेड बनाएका हुन् ।
उक्त बेड तयार पार्न करिब १५ महिना समय लागेको बताइएको छ । १२ जना कामदारले उक्त पलङ निर्माण गरेका हुन् । ६ पत्नी र आफूसहित ७ जनाको भार उठाउन समस्या नहोस् भनेर उक्त बेडलाई बलियो बनाउनका लागि ९५० वटा स्क्रु (पेच) ठोकिएको छ ।
यो बेड २० फिट चौडा र ७ फिट लामो यो बेड सामान्य कोठामा अट्दैन । त्यसैले उनले आफ्नो बेडरुमको आकार पनि ठुलो बनाएका छन् ।
उर्सो बहुपत्नीकै कारण चर्चित भएका हुन् । यद्यपि उनी कुनै पनि पत्नीले अन्याय अनुभूति गर्न नपरोस् भन्नेमा आफू सचेत रहेको दाबी गर्छन् ।
एक समय उनका ९ पत्नी थिए । तीमध्ये चार जनासँग उनको सम्बन्ध विच्छेद भएको थियो । पछि उनले ५१ वर्षीय ओलिंडा मारियासँग बिहे गरे । अहिले उनीसँग ६ पत्नी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण