कांग्रेसका महासमिति सदस्य राईसहित ४ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
बिहीबार, २९ माघ २०८२, १६ : ४३
सारांश
- सङ्खुवासभाका कांग्रेस महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे।
- रास्वपा प्रवेश मिङमा शेर्पाको पहलमा भएको हो, उनी पनि कांग्रेस महासमिति सदस्य थिए।
- नेकपा एमालेका सुनिल श्रेष्ठ, युवा संघ र तरुण दलका सदस्यहरू पनि रास्वपामा प्रवेश गरे।
सङ्खुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए ।
उनका अनुसार रास्वपाका उम्मेदवार मिङमा शेर्पाको विशेष पहलमा राई पार्टी प्रवेश गरेका हुन् ।
उम्मेदवार शेर्पा पनि कांग्रेस महासमिति सदस्य थिए। उनीसँगै नेकपा एमालेका भातृ संगठन खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठ पनि रास्वपा प्रदेश गरेका हुन् । त्यस्तै युवा संघका जिल्ला सदस्य र तरुण दलका जिल्ला सदस्यले समेत आजै रास्वपा प्रवेश गरेका छन् ।
राई र श्रेष्ठ दुवै जना तुम्लिङटार काठमाडौँको जहाज मौसम खराबीका कारण रद्द भएपछि हेलिकप्टर चढेर काठमाडौँ पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण