‘दृश्यम ३’ मा प्रकाश राजको इन्ट्री, अक्षय खन्नालाई विस्थापित गरेको चर्चाको खण्डन
सारांश
- अभिनेता प्रकाश राज 'दृश्यम ३' मा थपिएका छन्, अक्षय खन्नाको स्थानमा होइन नयाँ भूमिकामा।
- अजय देवगन, तब्बु, र श्रिया सरन लगायत पुरानै कलाकारहरू फिल्ममा रहनेछन्, रिलिज २०२६ अक्टोबरमा हुनेछ।
- प्रकाश राजले आफूलाई नयाँ पात्रको लागि छनोट गरिएको बताए, र फिल्म एक आकर्षक फ्रेन्चाइज हो।
मुम्बई । बलिउड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘दृश्यम ३’ को कास्टमा दक्षिण भारतीय चलचित्रका दिग्गज कलाकार प्रकाश राज थपिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यस चर्चित फ्रेन्चाइजको हिन्दी संस्करणको छायांकन सुरु गरिसकेको बताएका हुन्।
केही समयअघि ‘दृश्यम २’ मा महत्त्वपूर्ण भूमिका निभाएका अक्षय खन्ना फिल्मबाट बाहिरिएको खबर सार्वजनिक भएपछि प्रकाश राजको इन्ट्रीलाई लिएर विभिन्न आशंका गरिएका थिए।
फिल्ममा आफ्नो संलग्नताबारे स्पष्ट पार्दै प्रकाश राजले आफूले कसैलाई विस्थापन (रिप्लेस) नगरेको प्रस्ट पारेका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, ‘हो, म कसैलाई रिप्लेस गरिरहेको छैन।’
फिल्म स्रोतका अनुसार तेस्रो भागका लागि प्रकाश राजलाई सुहाउने गरी विशेष नयाँ पात्रको सिर्जना गरिएको छ। उनले यस फिल्मलाई एक आकर्षक फ्रेन्चाइजको संज्ञा दिँदै उत्कृष्ट टोली र शक्तिशाली चरित्रसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन्।
‘दृश्यम २’ मा आफ्नो सानदार अभिनयले दर्शकको मन जितेका अक्षय खन्नाले यो प्रोजेक्ट छोडेपछि प्रशंसकहरू केही निराश भएका थिए। तर अभिषेक पाठकको निर्देशनमा बन्ने यस तेस्रो भागमा पुरानो मुख्य टोली भने यथावत रहनेछ।
अजय देवगनले पुनः विजय सालगाउँकरको भूमिका निभाउनेछन् भने फिल्ममा तब्बु, श्रिया सरन, रजत कपुर, इशिता दत्ता र मृणाल जाधवको अभिनय रहनेछ। फिल्मको पटकथा अभिषेक पाठक, अमिल कियान खान र परवेज शेखले तयार पारेका हुन्।
‘दृश्यम ३’ आगामी सन् २०२६ को अक्टोबर २ मा हलहरूमा प्रदर्शन हुने तय भएको छ। अक्टोबर २ को मितिलाई यस फिल्मका फ्यानहरूले ‘दृश्यम डे’ को रूपमा सम्झिने गर्छन्, किनकि फिल्मको कथा यही मितिको वरिपरि घुमेको छ।
यसअघि मोहनलालको मुख्य भूमिका र जीतू जोसेफको निर्देशनमा बन्ने मलयालम संस्करण ‘दृश्यम ३’ भने अप्रिल २ मा रिलिज हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण