बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देशलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने शक्ति राजसंस्था मात्रै हो : खुश्बु ओली

शुक्रबार, ०१ फागुन २०८२, १४ : ३४
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • राप्रपा नेतृ खुश्बु ओलीले राजसंस्थालाई देशलाई एकताबद्ध गर्ने शक्ति भएको बताइन्।
  • पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएपछि राजावादीहरूले स्वागत र राजसंस्था पुनर्स्थापनाको माग गरे।
  • विमानस्थलदेखि निर्मल निवाससम्मको यात्रामा समर्थकहरूको प्रदर्शनले ट्राफिक व्यवस्थापन प्रभावित भयो।

काठमाडौँ  । राप्रपा नेतृ खुश्बु ओलीले जात, वर्ग, क्षेत्र र विचारका आधारमा नेपाली समाज विभाजित भए पनि देशलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने शक्ति राजसंस्था भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।

ओलीले राष्ट्रिय एकता कायम राख्न ऐतिहासिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै वर्तमान परिस्थितिमा राजसंस्थाबारे पुनः बहस आवश्यक भएको बताएकी छन् । केही महिना झापा बसाइपछि शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लाग्ने क्रममा हजारौँ राजावादीले स्वागत गरेका थिए । 

उनका समर्थकहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए । शाह आउने खबरपछि समर्थकहरू शुक्रबार बिहानैदेखि विमानस्थलबाहिर जम्मा भएका थिए।

शाह झापाबाट कैलाश हेलिकोप्टर सर्भिसेसको हेलिकोप्टरमार्फत काठमाडौँ आएका हुन् । शाहको समर्थनमा निकालिएको प्रदर्शन र र्‍यालीका कारण विमानस्थलदेखि गौशाला, चाबहिल र महाराजगन्ज क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित भएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप