परिवर्तन र समृद्ध नेपाल निर्माणको यात्रा जारी छ : बाबुराम भट्टराई
शुक्रबार, ०१ फागुन २०८२, १७ : २७
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परिवर्तन र समृद्ध नेपाल निर्माणको यात्रा जारी रहेको बताए।
- जनयुद्ध दिवसले अन्याय र असमानताविरुद्धको चेतनाको स्मरण गराउँछ, जसले देशलाई गणतन्त्रतर्फ डोर्यायो।
- भट्टराईले जनयुद्ध दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे, घाइते र सङ्घर्ष गर्ने सबैलाई सम्मान व्यक्त गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले परिवर्तन र समृद्ध नेपाल निर्माणको यात्रा अझै जारी रहेको बताएका छन् । शुक्रबार जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै भट्टराईले सो कुरा बताएका हुन् ।
भट्टराईले जनयुद्ध दिवस अन्याय र असमानताविरुद्ध उठेको चेतनाको स्मरण रहेको बताउँदै त्यसले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ डोर्याएको बताएका छन् ।
उनले जनयुद्ध दिवसका अवसरमा सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता, घाइते योद्धाहरू तथा परिवर्तनका लागि सङ्घर्ष गर्ने सबैमा सम्मान व्यक्त गरेका छन् ।
भट्टराई जनयुद्ध सुरु गर्ने तत्कालीन नेकपा माओवादीका शीर्ष नेता थिए । सो पार्टीले २०५२ साल फागुन १ गतेबाट नेपालमा जनयुद्धको थालनी गरेको थियो ।
भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण