फेवातालमा माछा मार्दा एसएलआर र १८ राउण्ड गोली भेटिएपछि...
सारांश
- फेवातालमा माछा मार्ने क्रममा एसएलआर राइफल र १८ राउन्ड गोली फेला परेको छ।
- ४२ वर्षीय कुमार जलारीले जाल हान्दा हतियार फेला पारेका थिए।
- प्रहरीले हतियार बरामद गरी कसरी तालमा पुग्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ।
पोखरा । फेवातालमा माछा मार्ने क्रममा एक थान एसएलआर राइफल र त्यसमा प्रयोग हुने १८ राउण्ड गोली फेला परेको छ । गत मंगलबार साँझ खपौदीस्थित फेवातालमा जाल हान्ने क्रममा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
स्थानीय ४२ वर्षीय कुमार जलारीले माछा मार्नका लागि जाल फाल्दा जालमा हतियार अड्किएर निस्किएको थियो । जालमा राइफल फेला परेको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
बरामद गरिएको हतियारको बडी नं. १३८१० र ’मु वा १११ (बट)’ नम्बर उल्लेख भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार उक्त हतियारसँगै एक थान म्यागजिन र त्यसमा लोड गरिएको अवस्थामा १८ राउण्ड गोली समेत बरामद गरिएको छ । हतियार तालमा कसरी पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।
द्वन्द्वकालमा हराएका वा फालिएका हतियार हुन सक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण