मेरो टिकट खगराजले खोस्नुभयो: कृष्ण थापा
सारांश
- एमाले कास्कीमा कृष्ण थापाको टिकट खोसेर रश्मि आचार्यलाई मनोनयन गरियो, जसले हलचल ल्यायो।
- थापाले पार्टीका उच्च नेताहरूले षड्यन्त्र गरेको आरोप लगाए, जसमा खगराज अधिकारीको नाम लिए।
- उनले पृथ्वीसुब्बा गुरुङले टिकट पक्का भएको बताए पनि अन्तिम समयमा नाम हटाइएको गुनासो गरे।
पोखरा । मनोनयनको समयमा एमाले कास्कीमा ठुलो हलचल भयो । कास्की २ मा टिकट पाएका कृष्ण थापालाई हटाएर रश्मि आचार्यलाई मनोनयन गराइयो । अहिले थापा चुनावी प्रचारमा त हिँडिरहेका छन् । तर उनी आफ्नो टिकट खोसिएकोमा असन्तुष्ट छन् ।
उनले आफूमाथि पार्टीका उच्च तहका नेताहरूबाटै तल्लो स्तरको घटिया षड्यन्त्र भएको आरोप लगाएका छन् । एक अन्तरवार्तामा उनले पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीबाटै आफूमाथि षड्यन्त्र भएको बताएका हुन् । ‘सचिवसँग नसोधी त कतिपय कुरा हुँदै भएन नि ! यो अनुमान त ए, बी, सी, डी जसुकैले पनि गर्न सक्छन्,’ उनले भने ।
थापाले टिकटको विषयमा आफूलाई पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले निर्णय भइसकेको जानकारी गराएको बताए । ‘मलाई राति साढे १० बजे निर्णय भएपछि पार्टीका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले फोन गरेर तपाईंको निर्णय भयो, ल तपाईँलाई बधाई छ भन्नुभएको थियो,’ अघि भने, ‘तर, अन्तिम समयमा आएर षड्यन्त्रपूर्वक आफ्नो नाम हटाइएको हो । त्यसमा पदाधिकारी तहकै षडयन्त्र छ ।’
यसअघि पोखरा महानगरको मेयर चुनावमा भने थापाले नै अर्काको टिकट खोसेर ल्याएका थिए । नेता दीपक पौडेलले पाएको टिकट कार्यकर्ता तहबाटै आलोचना र विरोध भएपछि थापालाई प्रदेश सभा सदस्यबाट राजीनामा गराएर टिकट थमाइएको हो । पौडेलले सुन पसलबाट सिक्री निकालेको भिडियो त्यतिबेला भाइरल भएको थियो । अहिले पनि आफूले नेतासँग आग्रह नगरी टिकट पाएको थापाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण