रूसी विपक्षी नेता नभाल्नीको मृत्यु 'भ्यागुताको विष'बाट भएको युरोपेली देशहरूको दाबी
सारांश
- पाँच युरोपेली देशहरूले रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको मृत्यु विषाक्त भ्यागुताको विषका कारण भएको दाबी गरे।
- नभाल्नीको शरीरमा एपिबेटिडिन नामक रसायन फेला परेको र यो विष रुसमा प्राकृतिक रूपमा पाइँदैन।
- रुसले भने नभाल्नीको मृत्युमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै दाबीलाई प्रचारबाजी भनेको छ।
लन्डन । रुसी विपक्षी नेता तथा क्रेमलिनका कटु आलोचक एलेक्सी नभाल्नीको मृत्यु दक्षिण अमेरिकी 'पोइजन डार्ट फ्रग' (विषाक्त भ्यागुता) मा पाइने घातक विषका कारण भएको पाँच युरोपेली देशले दाबी गरेका छन्।
बेलायत, स्विडेन, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नभाल्नीको शरीरबाट लिइएका नमुनाहरूको विश्लेषण गर्दा एपिबेटिडिन नामक रसायनको उपस्थिति निर्णायक रूपमा पुष्टि भएको बताएका छन्। विज्ञप्तिमा यो विषाक्त पदार्थ रूसमा प्राकृतिक रूपमा नपाइने उल्लेख गरिएको छ।
दुई वर्षअघि (सन् २०२४ मा) आर्कटिक सर्कलको उत्तरमा रहेको एक जेल (पेनल कोलोनी)मा नभाल्नीको मृत्यु भएको थियो। पाँच युरोपेली राष्ट्रहरूले नभाल्नी जेलमा रहँदा उनलाई यो विष दिने साधन, मनसाय र अवसर मस्कोसँग मात्र भएको आरोप लगाएका छन्। उनीहरूले नभाल्नीको मृत्युमा योगदान पुर्याउने संयुक्त साधन केवल रुसी राज्यसँग मात्र रहेको जिकिर गरेका छन्।
रुसको अस्वीकार
रुसी अधिकारीहरूले भने नभाल्नीको मृत्युमा आफ्नो कुनै जिम्मेवारी नरहेको कुरा बारम्बार दोहोर्याउँदै आएका छन्। रुसी समाचार एजेन्सी टासका अनुसार, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भ्यागुताको विष प्रयोग गरिएको भन्ने दाबीलाई प्रचारबाजी भन्दै खारेज गरेकी छिन्।
म्युनिखमा भावुक सम्बोधन
यो घोषणा जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनका क्रममा आएको हो। स्मरणीय छ कि, सन् २०२४ मा यही सम्मेलन चलिरहँदा नभाल्नीको मृत्युको घोषणा गरिएको थियो।
शनिबार सोही सुरक्षा सम्मेलनमा बोल्दै नभाल्नीकी पत्नी युलिया नभाल्नायाले दुई वर्षअघिको घटना स्मरण गरिन्। उनले भनिन्,'दुई वर्षअघि म यहाँ म्युनिखमा थिएँ। त्यो मेरो जीवनको सबैभन्दा भयानक दिन थियो। म मञ्चमा आएँ र भनें कि मेरा श्रीमान्, एलेक्सी नभाल्नीलाई विष दिइयो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण