नीताले ‘भ्वाइस अफ नेपाल’ जितेपछि राजु लामा, ‘जित सम्पूर्ण नेपाली चेलीको हो’
आइतबार, ०३ फागुन २०८२, ११ : ०९
सारांश
- नीता कुमारी थापा मगरले 'भ्वाइस अफ नेपाल' सिजन-७ को उपाधि जितिन्, र उनी इतिहासमै उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनिन्।
- नीता कोच राजु लामाको टिममा थिइन्, र उनको जितले गायक लामा र सम्पूर्ण नेपाली चेलीहरू खुसी छन्।
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि शनिबार नीताकुमारी थापा मगरले जितिन् । प्रतियोगिताको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । उनी कोच गायक राजु लामाको टिममा रहेकी थिइन् ।
आफ्नो टिममा रहेकी नीताले विजेता बनेकामा दंग रहेका गायक लामाले यो खुसी नीताको मात्र नभएर सबै नेपाली चेलीको रहेको प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘यो जित मेरो चेली निता थापाको मगरको मात्र होइन, सम्पूर्ण नेपाली चेलीको हो । यो जित, यो माया, यो साथ र हजुरहरूको सपोर्टको लागि हृदयदेखि नमन गर्दछु ।’ उनले आफु, आफ्नो चेली, टिम सबै दर्शकको माया र आशीर्वादको लागि सधैंभरि ऋणी रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण