गाजामा इजरायली आक्रमण : ९ जना प्यालेष्टिनीको मृत्यु
सारांश
- गाजामा इजरायली सेनाको आक्रमणमा ९ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
- खान युनिस र अल-फलुजा क्षेत्रमा भएको आक्रमणमा मानिसहरु मारिएका छन्।
- इजरायलले उत्तरी गाजामा सशस्त्र लडाकु प्रवेश गरेको दाबी गर्दै आक्रमण गरेको छ।
रफाह । गाजामा इजरायली सेनाले आइतबार बिहानदेखि गरेको आक्रमणमा कम्तीमा ९ जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको नासेर अस्पतालका स्रोतले जनाएको छ ।
यो घटनालाई अमेरिकाको मध्यस्थतामा भएको भनिएको युद्धविरामको उल्लङ्घनका रूपमा हेरिएको छ । उक्त आक्रमण इजरायली सेनाको तैनाथी रहेको पहेँलो रेखा नजिक भएको बताइएको छ ।
त्यसैगरी उत्तरी गाजाको अल–फलुजा क्षेत्रमा विस्थापित नागरिक बसिरहेको पालमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको अल–शिफा अस्पतालका स्रोतले जानकारी दिएका छन् ।
इजरायलले घटनाबारे तत्काल औपचारिक टिप्पणी नगरे पनि सेनाले उत्तरी गाजाको एक भवनमा सशस्त्र लडाकु प्रवेश गरेको दाबी गर्दै त्यहाँ आक्रमण गरिएको जनाएको छ । सेनाका अनुसार कम्तीमा दुई लडाकु मारिएका छन् ।
साथै पहेँलो रेखा पार गरी तत्काल खतरा पैदा गरेको आरोपमा अर्का एक व्यक्तिलाई पनि मारिएको दाबी गरिएको छ । यसैबिच इजरायली सेनाले दक्षिणी लेबनानमा हिज्बुल्लाह समूहसँग सम्बन्धित भनिएका गोदामहरूमा आक्रमण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण