७०० विकेट लिने विश्वकै पहिलो बलर
काठमाडौँ । राशिद खान टी-२० क्रिकेट इतिहासमा ७०० विकेटको कोसेढुंगा पार गर्ने विश्वकै पहिलो बलर बनेका छन्। सोमबार दिल्लीमा भएको टी-२० विश्वकपअन्तर्गत युएईविरुद्धको खेलमा मोहम्मद अरफानलाई आउट गर्दै अफगानिस्तानका कप्तानले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।
खेलमा ६९९ विकेटको तथ्यांकसहित मैदान उत्रिएका राशिदले इनिङको १६औँ ओभरमा अरफानलाई ‘हिट विकेट’ मार्फत पेभेलियन फर्काउँदै ७००औँ विकेट पूरा गरे।
गत साता दक्षिण अफ्रिकाविरुद्ध ६९८ र ६९९औँ विकेट लिएका राशिदले यो कीर्तिमानका लागि केही समय कुर्नुपर्यो। युएईविरुद्धको खेलमा सुरुवाती ३.२ ओभरमा कुनै सफलता हात नपारेका उनले २० बलमा १७ रन खर्चिएका थिए।
अन्त्यमा अरफानले रिभर्स स्विप खेल्ने प्रयास गर्दा ब्याटले स्टम्पमा लागेर आउट भए। सुपर एट्समा छनोट हुनका लागि अफगानिस्तानलाई जित्नै पर्ने दबाब भएकाले राशिदले यो ठूलो उपलब्धिको खासै खुसी मनाएनन्।
- विकेटको दौडमा धेरै अगाडि
सर्वाधिक विकेट लिने सूचीमा राशिद अन्य बलरभन्दा निकै अगाडि छन्। संन्न्यास लिइसकेका ड्वेन ब्राभो ६३१ विकेटसहित दोस्रो स्थानमा छन् भने सक्रिय क्रिकेटरहरूमा सुनिल नरेन ६१३ विकेटसहित तेस्रो स्थानमा छन्।
_EaGyuUr3oH.webp)
टी-२० अन्तर्राष्ट्रियमा पनि राशिद सर्वाधिक विकेट लिने खेलाडी हुन्। यो ७००औँ विकेट अफगानिस्तानका लागि उनको १९१औँ टी-२० अन्तर्राष्ट्रिय विकेट हो। उनीभन्दा पछि न्युजिल्यान्डका टिम साउथी (१६४) र इस सोधी (१६२) रहेका छन्।
टोलीलाई आवश्यक पर्दा विकेट लिन्छु
विश्वकपअघि देखि नै राशिदको ७०० विकेटको चर्चा चलिरहेको थियो। दक्षिण अफ्रिकाविरुद्धको खेलअघि उनले भनेका थिए, ‘७०० विकेट वा जुनसुकै उपलब्धि भए पनि यो क्रम चलिरहन्छ। मैले ७०० विकेट लिएर रोकिने कुनै लक्ष्य राखेको छैन। जब म राष्ट्रिय टोलीबाट खेल्छु, शतप्रतिशत योगदान दिन्छु र टोलीलाई आवश्यकता पर्दा विकेट लिन्छु।’
_BBIulU6hIS.webp)
राशिद खानका रोचक तथ्याङ्क र कीर्तिमानहरू
• ४३२: राशिदले टी-२० क्रिकेटमा आउट गरेका कुल ब्याटरहरूको संख्या ४३२ हो, जुन एक कीर्तिमान हो। उनीपछि ब्राभो (३९१) र इमरान ताहिर (३८८) छन्।
• मनपर्ने शिकार: रायन बर्ल र शिमरन हेटमायरलाई राशिदले सर्वाधिक ८-८ पटक आउट गरेका छन्।
• १३०: उनका ४३२ शिकारमध्ये १३० जना अन्तर्राष्ट्रिय स्तरका हुन्, जुन एक रेकर्ड हो।
• २२: राशिदले २२ पटक एकै इनिङमा ४ वा सोभन्दा बढी विकेट लिएका छन्, जुन अन्य बलरभन्दा ४ ले बढी हो।
• ४: टी-२० मा सर्वाधिक ४ ह्याट्रिक लिने कीर्तिमान पनि उनकै नाममा छ (सीपीएल, बीबीएल, आईपीएल र टी-२० आईमा)।
• ४४२: विभिन्न फ्रेन्चाइज र ग्लोबल लिगहरूमा उनले लिएका विकेट संख्या।
• ३ देशमा १००+: भारत (१८१), युएई (१३१) र अष्ट्रेलिया (१०२) गरी तीन देशमा १०० भन्दा बढी विकेट लिने उनी र इमरान ताहिर मात्र हुन्।
• ९६: सन् २०१८ मा उनले एकै वर्षमा ९६ विकेट लिएका थिए। यो कीर्तिमान सन् २०२५ मा जेसन होल्डरले (९७ विकेट) तोडेका थिए।
• ३७९: राशिदले ३७९ विकेट (करिब ५४%) ‘बोल्ड’ वा ‘एलबीडब्लू’ मार्फत लिएका छन्।
• २२५: सर्वाधिक बोल्ड (२२५) र सर्वाधिक एलबीडब्लू (१५४) गर्ने कीर्तिमान पनि उनकै नाममा छ।
• १४५: कप्तानको रूपमा उनले १४५ विकेट लिएका छन्, जुन शाकिब अल हसन (१९०) पछि दोस्रो हो।
• ४ टोली: राशिदले ४ फरक टोलीका लागि ५० भन्दा बढी विकेट लिएका छन् (अफगानिस्तान- १९५, एडिलेड स्ट्राइकर्स- ९८, सनराइजर्स हैदरावाद- ९३ र गुजरात टाइटन्स- ६५)।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण