रक्षा खर्चमा भारी वृद्धिबारे सोच्दै छ बेलायत ?
लन्डन । सरकारले रक्षा खर्च भारी मात्रामा बढाउने सम्भावनाको अध्ययन गरिरहेको बेलायती प्रधानमन्त्री किर स्टार्मरले जनाएका छन् ।
सरकारले पहिल्यै तय गरिएको लक्ष्यभन्दा छिटो रक्षा बजेट बढाउने विकल्पबारे आन्तरिक छलफल गरिरहेको डाउनिङ स्ट्रिट (बेलायती प्रधानमन्त्रीको सरकारी निवास) ले भनेको छ ।
विश्वव्यापी सुरक्षा चुनौती बढिरहेको भन्दै म्युनिख सुरक्षा सम्मेलनमा स्टार्मरले अझ बढी र अझ छिटो खर्च गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । उनले गत वर्ष बेलायतले सन २०२७ सम्म जीडीपीको साढे २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए । साथै आगामी संसद् कार्यकालमा यो खर्च तीन प्रतिशत पुर्याउने महत्त्वाकांक्षा पनि सार्वजनिक गरेका थिए ।
बीबीसीका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरूले अब सो तीन प्रतिशतको लक्ष्य हालको संसद् कार्यकालभित्रै सम्भवतः सन २०२९ सम्म हासिल गर्ने प्रस्तावमाथि अध्ययन गरिरहेका छन् । तर यसबारे अन्तिम निर्णय भने भइनसकेको बताइएको छ । यस योजनामा अर्थ मन्त्रालय सावधानीपूर्वक अघि बढ्न चाहिरहेको स्रोतहरूले बताएका छन् ।
रक्षा मन्त्रालयलाई आगामी चार वर्षमा हालका प्रतिबद्धता पूरा गर्न थप करिब २८ अर्ब पाउन्ड आवश्यक पर्ने रिपोर्ट सार्वजनिक भइसकेको छ । बेलायती रक्षमन्त्री सर रिचार्ड नाइटनले जनवरीमा सांसदहरूलाई हालको बजेटले चाहिएका सबै काम समयमै गर्न नसकिने बताएका थिए । बढ्दो सुरक्षा चुनौती, चालु रक्षा कार्यक्रमको लागत वृद्धि तथा पुराना बिलहरूका कारण सरकारले खर्च योजना अगाडि सार्ने विकल्प विचार गरिरहेको भनिएको छ ।
यद्यपि रक्षा लगानी योजना अझै अन्तिम चरणमा रहेको र ठोस निर्णय नभएको डाउनिङ स्ट्रिटले स्पष्ट पारेको छ । यदि रक्षा खर्चलाई जीडीपीको तीन प्रतिशतमा पुर्याउने लक्ष्य पाँच वर्ष अगावै लागु गरिए बेलायतको सरकारी खर्चमा ठुलो दबाब पर्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण