बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाली टोलीमा स्टिभ स्मिथको पुनरागमन

श्रीलङ्काविरुद्धको निर्णायक खेलमा मैदान उत्रन सक्ने
सोमबार, ०४ फागुन २०८२, १४ : ३९
सोमबार, ०४ फागुन २०८२

सारांश

  • अस्ट्रेलियाली टोलीमा चोटका कारण बाहिरिएका हेजलवुडको स्थानमा स्टिभ स्मिथको इन्ट्री भएको छ।
  • मिचेल मार्स र मार्कस स्टोइनिस घाइते भएपछि स्मिथलाई टोलीमा समावेश गरिएको हो।
  • अस्ट्रेलियाले सुपर एटमा पुग्न श्रीलंकालाई हराउनै पर्ने दबाबमा स्मिथको अनुभव महत्त्वपूर्ण हुनेछ।

कोलम्बो । टी–२० विश्वकपको प्रारम्भिक चरणमा सङ्घर्ष गरिरहेको अस्ट्रेलियाली टोलीमा पूर्व कप्तान स्टिभ स्मिथको आधिकारिक इन्ट्री भएको छ। चोटका कारण बाहिरिएका तीव्र गतिका बलर जोस हेजलवुडको स्थानमा स्मिथलाई टोलीमा समावेश गरिएको हो।

सोमबार साँझ श्रीलङ्काविरुद्ध हुने महत्त्वपूर्ण खेलअघि नै स्मिथ टोलीमा थपिएकाले आवश्यकता परेमा उनी मैदान उत्रन सक्नेछन्। टोलीका प्रमुख खेलाडीहरू घाइते हुने क्रम बढेपछि अस्ट्रेलियाले स्मिथलाई निम्त्याएको हो।

मिचेल मार्सको स्वास्थ्यमा समस्या देखिएको र मार्कस स्टोइनिस पनि चोटिल भएपछि छनोटकर्ताहरूले स्मिथलाई टोलीमा सक्रिय गराउने निर्णय गरेका हुन् । जिम्बावेसँगको हारपछि दबाबमा रहेको अस्ट्रेलियालाई सुपर एटमा पुग्ने सम्भावना जीवित राख्न श्रीलङ्कालाई हराउनै पर्ने बाध्यता छ । यस्तो अवस्थामा स्मिथको अनुभव टोलीका लागि निकै महत्त्वपूर्ण हुने देखिएको छ।

पछिल्लो समय टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा खासै अवसर नपाए पनि स्मिथले बिग ब्यास लिग (बीबीएल) मा सानदार प्रदर्शन गरेका थिए। उनले ५९.८० को औसत र १६७.९७ को स्ट्राइक रेटमा २९९ रन बनाएर आफ्नो लय प्रमाणित गरिसकेका छन्।

अस्ट्रेलियाका ट्राभिस हेड, क्यामरुन ग्रिन र ग्लेन म्याक्सवेल जस्ता ब्याटरहरू फर्ममा नदेखिएको अवस्थामा स्मिथको उपस्थितिले मध्यक्रमलाई बलियो बनाउने अपेक्षा गरिएको छ। प्रमुख छनोटकर्ता टोनी डोडेमाइडका अनुसार टोलीका केही खेलाडीहरूको स्वास्थ्य अवस्था अनिश्चित रहेकाले सावधानी स्वरूप स्मिथलाई टोलीमा समावेश गरिएको हो ।

सन् २०२४ को फेब्रुअरीपछि पहिलो पटक टी-२० टोलीमा फर्किएका स्मिथले विभिन्न लिगहरूमा पछिल्लो समय ४९.७३ को औसतमा रन बनाइरहेका छन्।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप