शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कन्सर्टका लागि भारत आउँदै अमेरिकी र्‍यापर कान्ये वेस्ट

सोमबार, ०४ फागुन २०८२, १५ : ४६
सोमबार, ०४ फागुन २०८२

एजेन्सी । र्‍यापका कारण विश्वभर प्रसिद्ध अमेरिकी र्‍यापर कान्ये वेस्टले भारतमा कन्सर्ट गर्ने भएका छन् । उनले भारतको राजधानी दिल्लीमा कन्सर्ट गर्ने भएका हुन् ।

ग्रामी अवार्ड विजेता कान्ये वेस्टको शो पहिलो पटक भारतमा हुन लागेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रम निकै भव्य रूपमा आयोजना हुनेछ । कन्सर्टमा फ्यानले उनका पुराना क्लासिक गीतहरूदेखि लिएर हालै सार्वजनिक भएका नयाँ गीतहरूसम्म सुन्न पाउनेछन् । 

र्‍यापर कान्ये वेस्ट आफ्ना गीतका साथै उत्कृष्ट भिजुअल र सोनिक अनुभवका लागि चिनिन्छन् । उनले आगामी २९ मार्चमा दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा शो गर्ने भएका हुन् ।

तर यो उनको पहिलो भारत भ्रमण भने होइन । उनी सन् २००९ मा पनि भारत आएका थिए, जतिबेला उनले यहाँका आश्रमहरूको भ्रमण गरेका थिए । त्यसपछि सन् २०१२ मा उनी आफ्नो फेसन लेबल ब्रान्डको प्रवर्द्धनका लागि मुम्बई आएका थिए ।

तर यस पटक उनी मुख्य रूपमा आफ्नो कन्सर्टका लागि आउन लागेका हुन् । साङ्गीतिक करिअरमा वेस्टले २४ वटा ग्रामी अवार्ड पाउनुका साथै थुप्रै हिट गीत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप