स्वतन्त्र उम्मेदवार नेपालीद्वारा कांग्रेस उम्मेदवार ढकाललाई समर्थन
सोमबार, ०४ फागुन २०८२, १८ : ०२
सारांश
- स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जीले नेपाली कांग्रेसका भरतराज ढकाललाई समर्थन गरे।
- दर्जीले ढकालले आफ्नो एजेन्डालाई समर्थन गरेको बताए।
- स्याङ्जाको आँधीखोलामा भएको कार्यक्रममा ढकाललाई जिताउन आग्रह गरियो।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनोज नेपाली दर्जीले नेपाली कांग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकाललाई समर्थन गरेका छन् । आफूले उठाउँदै आएका एजेन्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गरेका हुन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार परियारले कांग्रेसका उम्मेदवार ढकाललाई समर्थन गरेका थिए ।
उनले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले नीति बनाउने भन्दै नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा बोल्दै उम्मेदवार ढकालले बदलिएको कांग्रेसले बदलिएको नेपाली समाजलाई उचित तवरबाट नेतृत्व गर्न सक्ने सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण