राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकीको दोहोरो जित
काठमाडौँ । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष/महिला दुवैमा विजयी भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा महिलातर्फ गण्डकीले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो । गण्डकीकी ‘प्लेयर अफ द म्याच’ अंकिता अधिकारीले २ तथा गीता पुन मगर र सीतामाया बलले समान १–१ गोल गरे ।
नेपाल हक्की सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा गण्डकीले कोशी प्रदेशलाई २–० गोलले हरायो । ‘प्लेयर अफ द म्याच’ अशिम बहिकले दुवै गोल गरे ।
महिलामा मधेस प्रदेशले कोशीलाई १–० गोलले पाखा लगायो । प्रीति दासले निर्णायक गोल गरिन् । लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबिच उद्घाटन गरे । पुरुषमा ६ र महिलामा ५ टिम सहभागी छन् ।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण