आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा चन्दा असुलीको आरोपमा पक्राउ

सोमबार, ०४ फागुन २०८२, २० : ४९
सोमबार, ०४ फागुन २०८२

सारांश

  • कास्की प्रहरीले 'माओवादी' कार्यकर्ता भन्दै चन्दा असुल्ने दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ३२ वर्षीय लक्ष्मण पाण्डे र ३७ वर्षीय भीमसेन परियार रहेका छन्, उनीहरूबाट चन्दा असुलीका सामग्री बरामद गरियो।
  • प्रहरीले उनीहरुलाई चन्दा ऐनअनुसार अनुसन्धान गरिरहेको छ र अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

पोखरा । 'माओवादी' कार्यकर्ता भन्दै डरधम्की देखाएर चन्दा असुल्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–१३ छाब्दी बस्ने ३२ वर्षका लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छ्रे गाउँपालिका २ का ३७ वर्षीय भीमसेन परियार रहेका छन् । 

उनीहरूको साथबाट चन्दा असुलीमा प्रयोग भएका सामग्री र नगदसमेत बरामद गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डक ब्युरो लेखिएको रसिद प्रहरीले बरामद गरेको हो । उक्त रसिदबाट विभिन्न व्यक्ति र संघ संस्थाको नाममा काटिएका १५ थान अर्धकट्टीसमेत भेटिएको छ । 

प्रहरीले उनीहरूबाट जातवार्ता 'आहुती' लेखिएको १ थान पुस्तक, २ थान डायरी र ३ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएको सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई चन्दा ऐनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । 

कास्की जिल्ला अदालतले उनीहरुलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । निर्वाचनको मुखमा चन्दाका नाममा चन्दा असुली र त्रास फैलाउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको उनले बताए । 

यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप