मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
सारांश
- कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा मतपत्रसहित निर्वाचन सामग्री पठाउने काम सुरु भएको छ।
- फागुन ६ गतेदेखि मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ।
- सुदूरपश्चिम प्रदेशभरिका वडामा मतदाता शिक्षा कार्यक्रम जारी छ, जसमा स्वयंसेवक खटिएका छन्।
सुदूरपश्चिम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक निर्वाचनतर्फको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको जानकारी दिए ।
उनले भने, “मङ्गलबारसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितको सामग्री पुर्याउने गरी काम धमाधम भइरहेको छ ।” कैलालीको निर्वाचन क्षेत्र–१ मा एक लाख आठ हजार ४९१, क्षेत्र–२ मा एक लाख सात हजार ७५७, क्षेत्र–३ मा एक लाख नौ हजार १२२, क्षेत्र–४ मा एक लाख १५ हजार १४३ र क्षेत्र–५ मा एक लाख १० हजार ५३९ गरी कूल पाँच लाख ५१ हजार ५२ मतदाता छन् ।
निर्वाचनका लागि जम्मा ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ । फागुन ६ गतेदेखि मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदैछ ।
निर्वाचनको तयारीको क्रममा सोमबारदेखि सुदूरपश्चिम प्रदेशभरिका सबै वडामा ७३४ मतदाता शिक्षा स्वयंसेवी परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । खटिएका मतदाता शिक्षा स्वयंसेवीले विद्यालयका साथै घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा दिन थालेका छन् । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण