नख्खु कारागारबाट फरार जबरजस्ती करणीका कैदी लगनखेलबाट पक्राउ
सारांश
- ललितपुरको लगनखेलबाट नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ परेका छन्।
- कैदी अशोक भुजेल 'जेन्जी आन्दोलन' को बेला भागेका थिए, र उनलाई १३ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेको थियो।
- फरार भुजेललाई भक्तपुर अदालतले १२ वर्ष कैद र ५ लाख जरिवाना तोकेको थियो, र उनलाई पुनः नख्खु कारागार पठाइएको छ।
ललितपुर । नख्खु कारागारबाट फरार रहेका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले ललितपुरको लगनखेलबाट पुनः पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’ को मौका छोपेर कारागार कार्यालय नख्खुबाट भागेका अशोक भन्ने अनिष भुजेललाई प्रहरीले फागुन ३ गते बेलुका पक्राउ गरेको हो।
दोलखाको शैलुङ गाउँपालिका वडा नं. ७ फस्कु घर भई हाल ललितपुरको भोलढोका बस्दै आएका २२ वर्षीय भुजेल लगनखेल बसपार्क क्षेत्रमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका भुजेललाई १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले २०७९ असार २२ गते दोषी ठहर गरेको थियो।
अदालतले उनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। कारागारबाट फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको थियो।
प्रहरीले लगनखेल बसपार्कबाट साँझ पौने ६ बजे तिर उनलाई समातेर आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय नख्खु पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण