एमाले अध्यक्ष ओली आज दमक क्षेत्रका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक नगरपालिकामा विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
- ओलीले दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने कार्यक्रम रहेको छ।
- कार्यक्रम अनुसार उनी दुम्से चोक, संगम चोक, सूर्य चोक, गुम्बा चोक र किराँत चोकलगायतका स्थानमा पुग्नेछन्।
दमक । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । निर्वाचन लक्ष्यित कार्यक्रममा अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने भएका हुन् ।
कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उनी सहभागी हुनेछन् । त्यसपछि १२:२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिती संयोजक इन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार दिउँसो १:२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुने कार्यक्रम छ । त्यसैगरी २ः२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा, तथा ३ः२० देखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको ओलीको निर्वाचन कमान्डर देवेन्द्र दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण