एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा
सारांश
- जितेन्द्र नारायण देवले नेकपा एमाले छाडेर नेपाली कांग्रेसमा फर्किने घोषणा गरे।
- उनले कांग्रेसको विशेष राष्ट्रिय महाधिवेशनका नीति, विचार र प्रतिबद्धतालाई समर्थन जनाए।
- देवले गगन कुमार थापाको नेतृत्वप्रति प्रतिबद्धता जनाउँदै कांग्रेसमा फर्किएका हुन्।
काठमाडौँ । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् ।
देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् ।
साथै उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान् रहँदै आजैको मितिदेखि आफूसहितका साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रूपमा सार्वजनिक घोषणा गरेको जनाएका छन् ।
‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने छन्’, देवले भनेका छन् ।
संविधान सभा सदस्य समेत रहेका देव कांग्रेसबाट एमाले प्रवेश गरेका थिए तर अहिले पुन उनी एमालेबाट कांग्रेस फर्किएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण