सामराको सानदार शतक, न्युजिल्याण्डसामु १ सय ७४ रनको लक्ष्य
सारांश
- युवराज सामराको शतक मद्दतले क्यानडाले न्युजिल्याण्डलाई १७४ रनको लक्ष्य दियो।
- सामराले ११ चौका र ६ छक्का प्रहार गर्दै ६५ बलमा ११० रन बनाए।
- टी-२० विश्वकपमा न्युजिल्याण्ड सुपर ८ मा पुग्न जितको खोजीमा छ।
चेन्नई । युवराज सामराको सानदार शतकको मद्दतले क्यानडाले न्युजिल्याण्डसामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी–२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको हो ।
सामराले ६५ बलमा ११० रनको योगदान दिए । उनले यस क्रममा ११ चौका र ६ छक्का हिर्काए । यो टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको उच्च स्कोर पनि हो । उनले पहिलो विकेटका लागि कप्तान दीलप्रित बाजवासँग मिलेर ८४ बलमा ११६ रनको साझेदारी गरे । बाजवाले ३९ बलमा ४ चौकाको मद्दतले ३६ रन बनाए ।
त्यस्तै, नवनित धलिवालले ७ बलमा १० रन जोडे । न्युजिल्याण्डका लागि जेकब डफी, जेम्स निसम, म्याट हेनरी र कायल जेमिसनले १–१ विकेट हात पारे । किवीहरूलाई सुपर ८ मा पुग्न आजको खेलमा जितको आवश्यकता रहेको छ ।
यो समूहबाट दक्षिण अफ्रिका तीनवटै खेल जितेर अर्को चरणमा प्रवेश गरिसकेको छ । अफगानिस्तान र युएई १–१ जितसहित तेस्रो र चौथो स्थानमा छन् । छनोट हुनका लागि, टोलीहरूले आफ्नो अन्तिम खेल जित्नुपर्छ र न्युजिल्याण्डको हार पर्खनुपर्छ । आज हारेमा क्यानडा बाहिरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026