फेब्रुअरी २६ मा विवाह गर्दै रश्मिका मन्दाना र विजय देवरकोन्डा
सारांश
- अभिनेता रश्मिका मन्दाना र विजय देवरकोन्डा फेब्रुअरी २६ मा विवाह गर्दैछन्।
- विवाह राजस्थानको उदयपुरमा गोप्य रूपमा हुने अनुमान गरिएको छ, जसमा सीमित व्यक्तिहरू मात्र सहभागी हुनेछन्।
- विवाह पछि मार्च ३-४ मा हैदराबाद वा बञ्जारा हिल्सको कुनै स्थानमा भव्य रिसेप्सन पार्टी हुनेछ।
मुम्बई । चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डा आगामी फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिने तयारीमा छन् । विगत केही महिनादेखि यी दुईको प्रेम र विवाहको चर्चा चुलिएको छ ।
‘इन्डिया टुडे’को रिपोर्टअनुसार विवाह एक निजी समारोहका बिच आयोजना गरिनेछ, जसमा परिवारका सदस्यहरू र केही छानिएका नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।
रिपोर्टका अनुसार विवाहका रिति तिथिहरूको तयारी पहिले नै सुरु भइसकेको छ । दुवै विवाह अहिलेलाई गोप्य राख्न चाहन्छन् । त्यसका लागि विवाहमा नो–फोन पोलिसी नियम समेत लाग्नेछ ।
विवाह राजस्थानको उदयपुरस्थित कुनै ऐतिहासिक दरबार वा महलमा हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यस स्थानको आधिकारिक जानकारी आएको छैन ।
विवाह सम्पन्न भएपछि मार्च ३ देखि ४ तारिखको आसपासमा एउटा भव्य रिसेप्सन पार्टी आयोजना हुने खबर छ । उक्त पार्टीमा दक्षिण भारतीय चलचित्र उद्योग र बलिउडका चर्चित हस्तीहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
यो रिसेप्सन हैदरावाद वा बञ्जारा हिल्सको कुनै प्रिमियम स्थलमा हुनसक्छ । विवाहको खबर बाहिर आएदेखि फ्यान र सेलिब्रेटीहरूले ट्वीटर (एक्स), इन्स्टाग्राम र अन्य प्लेटफर्महरूमा बधाई र शुभकामना दिइरहेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण