सेवा, सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीद्वारा विरोध प्रदर्शन
मङ्गलबार, ०५ फागुन २०८२, १५ : ०७
सुर्खेत । हुम्लामा सेवा, सुविधामा असन्तुष्टि जनाउँदै निर्वाचन प्रहरीले विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन अगाडि उनीहरुले नाराबाजी गरिरहेका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएका छन् ।
उनीहरुले तोकिएको भन्दा केही कम सेवा, सुविधा पाउने सुनेर आन्दोलनमा उत्रिएको बताइएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बुझाइमा समस्या हुँदा उनीहरू विरोधमा उत्रिएको बताए । यद्यपि अहिले बुझाउने काम भइरहेको छ ।
‘उनीहरूलाई सुरुमा बढी आउँछ भन्ने भएको रहेछ, तर निर्देशिका अनुसार नै पाउने हो,'उनले रातोपाटीसँग भने, ‘हामीले यहाँबाट बढाउने, घटाउने हैन नि ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण