एनआरएनएको बृहत् एकताका लागि रोविन शेरचनद्वारा ४ बुँदे अपिल
सारांश
- एनआरएनए उपाध्यक्ष रोबिन शेरचनले संस्थाभित्रको विवाद अन्त्यका लागि ४ बुँदे अपिल जारी गरेका छन्।
- शेरचनले आगामी महाधिवेशनमा देखिएका प्राविधिक विवाद समाधान गर्न र एकता कायम गर्न जोड दिएका छन्।
- उनले निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन र प्रधानमन्त्रीको उपस्थितिमा भएको सहमतिलाई पालना गर्न आग्रह गरेका छन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनले संस्थाभित्रको आन्तरिक विवाद अन्त्य गर्दै बृहत् एकताका लागि ४ बुँदे अपिल सार्वजनिक गरेका छन् ।
आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुन लागेको संघको १२ औँ महाधिवेशन नजिकिए पनि विवाद समाधान हुन नसकेपछि शेरचनले मंगलबार जारी अपिलमार्फत संस्थालाई व्यक्ति र समूहगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिएका हुन् ।
शेरचनले एनआरएनए अहिले एक महत्त्वपूर्ण मोडमा रहेको र निर्वाचन प्रणाली एवं डेलिगेट्स छनोटमा देखिएका प्राविधिक विवादले आम गैरआवासीय नेपालीलाई चिन्तित बनाएको उल्लेख गरेका छन्। उनले 'एकताबद्ध एनआरएनए' नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्दै देखिएका असमझदारीहरूलाई आपसी संवाद र सहमतिका माध्यमबाट हल गर्न सबै पक्षलाई आग्रह गरेका छन्। साझा बिन्दु पत्ता लगाएर मात्र अघि बढ्न सम्भव हुने भन्दै उनले हठ त्यागेर लचिलो बन्न नेतृत्वलाई आह्वान गरेका छन् ।
शेरचनले संस्थाको गरिमा र साख जोगाउन व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने भावनालाई आत्मसात् गर्नुपर्ने बताएका छन्। प्रवासमा रहेका लाखौँ नेपालीहरूको साझा घरलाई बलियो बनाउन व्यक्तिगत अडान त्याग्नुपर्ने उनको तर्क छ।
यसैगरी, निर्वाचन प्रक्रियालाई पारदर्शी, विश्वसनीय र सर्वस्वीकार्य बनाउन विश्वभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने गरी अनलाइन वा भौतिक दुवै माध्यमबाट समावेशी निर्वाचन प्रणाली सुनिश्चित गरिनुपर्नेमा उनको विशेष जोड रहेको छ।
यसै सन्दर्भमा प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्मलाई पूर्ण रूपमा पालना गर्दै आसन्न महाधिवेशनलाई विवादको सट्टा 'एकताको महाधिवेशन' बनाउनुपर्ने शेरचनले बताएका छन्। एकता नै गैरआवासीय नेपालीहरूको वास्तविक शक्ति भएको स्मरण गराउँदै उनले सबैलाई एकै ठाउँमा उभिएर एनआरएनएको गरिमालाई थप उचाइमा पुर्याउन संकल्प गर्न समेत अपिल गरेका छन्। उनले एनआरएनएको भविष्यका लागि सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न समेत अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण