अभिनेत्रीको आपत्तिजनक भिडियो खिचेर ब्ल्याकमेल
सारांश
- बेंगलुरुमा एक कन्नड अभिनेत्रीको गोप्य रूपमा आपत्तिजनक भिडियो खिचेर पैसा मागिएको घटना सार्वजनिक भयो।
- अभिनेत्रीले अज्ञात व्यक्तिले भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छिन्, जसले पैसाको माग गरेको थियो।
- प्रहरीले सूचना प्रविधि ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ, जसमा धम्की र असुलीको आरोप छ।
एजेन्सी । भारतको बेंगलुरुमा एक प्रसिद्ध कन्नड टेलिभिजन अभिनेत्रीको गोप्य रूपमा आपत्तिजनक भिडियो खिचेर पैसा मागिएको घटना सार्वजनिक भएको छ।
गत फेब्रुअरी ७ मा कोरमंगला इन्डोर स्टेडियममा आयोजित सेलिब्रिटी महिला क्रिकेट प्रतियोगिताका दौरान ट्वाइलेटमा अभिनेत्रीको भिडियो खिचिएको हो।
रियालिटी शोको पूर्व प्रतिस्पर्धी समेत रहेकी ती अभिनेत्रीले अज्ञात व्यक्तिले आफ्नो जानकारी बिना भिडियो रेकर्ड गरेको र पछि इन्स्टाग्राममार्फत पठाएर ब्ल्याकमेल गरेको आरोप लगाएकी छिन्।
आरोपितले अभिनेत्रीको साथीको इन्स्टाग्राम अकाउन्टमा उक्त अश्लील भिडियो पठाउँदै थप भिडियो कल गर्न र पैसा तिर्न दबाब दिएको उजुरीमा उल्लेख छ। पैसा नदिएमा भिडियोलाई अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की समेत दिइएको छ।
यस विषयमा साइबर क्राइम पुलिस स्टेशनले फेब्रुअरी १३ मा एफआईआर दर्ता गरी अनुसन्धान तीव्र पारेको छ। प्रहरीले सूचना प्रविधि ऐनका विभिन्न धारा सहित आपराधिक धम्की र असुलीको मुद्दा चलाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण