व्यवस्था बचाउन निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधि
सारांश
- विमलेन्द्र निधिले फागुन २१ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए।
- उनले जननिर्वाचित संसद् र सरकार बचाउन लोकतन्त्रवादी पार्टीले जित्नुपर्ने कुरा गरे।
- निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउन बहुमत आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान व्यवस्था बचाउन फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् । बुधबार जनकपुरको तिरहुतियामा भएको प्रतिज्ञासभामा नेता निधिले पार्टीलाई जिताउन निर्वाचनमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
उनले अहिले नेपालमा जननिर्वाचित संसद् र सरकार नभएकाले त्यो बचाउनका लागि लोकतन्त्रवादी पार्टीले जित्नुपर्ने आवश्यकता रहेको बताए । ‘अहिले नेपालमा जननिर्वाचित सरकार र संसद् छैन् । तसर्थ निर्वाचनमार्फत जनताका प्रतिनिधि निर्वाचित गरेर तीनै प्रतिनिधिमार्फत सरकार निर्माण गर्नुछ,’ नेता निधिले भने, ‘ वर्तमान शासन व्यवस्था बचाउनुछ ।’
निधिले वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको बताए । संविधानसभामार्फत बनेको यो संविधानमा सबैका अधिकार समेटिएकाले यो संविधानलाई बनाउन कांग्रेसको बहुमत आउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण