विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइयो
काठमाडौँ । शेर्पा समुदायले नयाँ वर्ष ‘२१५३औँ मे फो ता लो’ ग्याल्पो ल्होसार आज नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाएका छन् ।
पर्वका अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै प्रेम, शान्ति र भाइचाराको सन्देश साटासाट गरी मनाएका हुन् । ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात नयाँ भन्ने अर्थ बोकेको ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ ।
यस अवसरमा गाउँघर तथा टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने, गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने तथा आफन्तजनबिच भेटघाट गर्ने चलन छ । साथै नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक, खाप्से र डेसिल तयार गरी खाने परम्परा छ ।
नेपाल शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले यस पर्वलाई सांस्कृतिक उत्सवसँगै अधिकार प्राप्तिको आन्दोलनका रूपमा समेत लिनुपर्ने बताए । उनकाअनुसार ल्होसार नयाँ वर्षको सुरुआत मात्र नभइ सांस्कृतिक उत्सवको महत्वपूर्ण पर्व हो । यस अवसरलाई आपसी सद्भाव, शुभकामना आदानप्रदान र समुदायको अधिकारका विषय उठान गर्ने अवसरका रूपमा मनाइएको उनले बताए।
यसै अवसरमा आज शेर्पा संरक्षण समाज नेपालले बूढानीलकण्ठ नगरपालिकामा शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । समाजका महासचिव रिञ्जिन शेर्पाले यस कार्यक्रममार्फत छरिएर रहेका शेर्पा समुदायबिच एकता र हर्ष बढाउन मद्धत गरेको बताए। पर्वका क्रममा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो भने तुङ्गना (डम्याङ) को मधुर धुनसँगै सामूहिक उल्लास देखिएको थियो ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले चन्द्र पात्रोअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँवर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा मनाइने यस पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह ल्याउने तथा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास गरिएको छ । ग्याल्पो ल्होसार शेर्पा समुदायको मात्र नभइ नेपाली बहुसांस्कृतिक पहिचानको महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण