जय ट्रफी पुरुष इलिट कपका लागि टोलीहरूको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ‘जय ट्रफी पुरुष इलिट कप’ क्रिकेट प्रतियोगिताका लागि सहभागी चार क्लब र तिनका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ।
यस प्रतियोगिता आगामी फागुन ८ गतेदेखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ । गत वर्ष सम्पन्न प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल चार टोलीहरू– नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र बागमती प्रदेशले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको ढाँचा अनुसार लिग चरणका खेलहरू दुई दिवसीय हुनेछन् भने फाइनल खेल तीन दिवसीय हुने क्यानले जनाएको छ । उद्घाटन खेलको पहिलो दिन त्रिवि मैदानमा आर्मी र पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ भने सोही दिन मुलपानी मैदानमा एपीएफ र बागमती प्रदेश आमनेसामने हुनेछन् ।
सहभागी टोली र खेलाडीहरूः
बागमती प्रदेश
सन्दीप लामिछाने, इशन पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, बिपिन आचार्य, बिबेक राना मगर, सूर्य तामाङ, तिलक राज भण्डारी, सचिन लेखक, रित गौतम, दयानन्द मण्डल, पंकज पाण्डे, गौतम केसी, रिजन ढकाल र शुभ कन्साकार।
सशस्त्र प्रहरी बल
रोहित पौडेल, एमडी आसिफ शेख, सन्दीप जोरा, सुमित महर्जन, लोकेश बम, यज्ञमान कुमाल, भुवन कार्की, युवराज खत्री, अभिनाश बोहरा, पुरण बि।के।, अमर सिंह रौतेला, प्रज्वल शाही, इरशाद अहमद र दीपक बोहरा।
नेपाल पुलिस क्लब
आरिफ शेख, कुशल भुर्तेल, अमित श्रेष्ठ, श्रवण यादव, गुलशन झा, करण केसी, सागर ढकाल, ललित राजवंशी, रासिद खान, दिलसाद अली, अमित यादव, शंकर राना, बिमल बीके, दिपक सेरेला र दिपक चन्द।
त्रिभुवन आर्मी क्लब
विनोद भण्डारी, सोमपाल कामी, भीम सार्की, त्रित दास, इमरान शेख, शाहब आलम, कुशल मल्ल, बसिर अहमद, आकाश चन्द, दुर्गेश गुप्ता, जितेन्द्र एस। ठकुरी, नरेन साउद, सन्तोष कार्की, पवन कार्की र अनिश धामी।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण